back

कारभित्रै बलात्कृत भइन् भारतमा नेपाली युवती

वि.सं.२०७६ भदौ १२ बिहीवार

372 

shares
RBB AD
NTC AD

१२ भदौ, काठमाण्डौं । दिल्लीमा रहेकी एक नेपाली युवती कारभित्रै बलात्कृत भएकी छन् । दुई महिना अघिमात्र भारतको दिल्ली पुगेकी एक युवतीमाथि कारभित्रै बलात्कृत भएको दिल्लीबाट प्रकाशित अमर उजाला पत्रिकाले लेखेको छ ।

उनलाई मंगलबार राति कारभित्रै एक युवकले बलात्कार गरेका थिए ।

नेपालबाट दुई महिना पहिले दिल्ली पुगेकी ती युवती त्यहाँ एक महिलाको घरमा बस्थिन् । पीडितका अनुसार मंगलबार राति ती महिलाले उनलाई एक युवकको साथमा बजार पठाएकी थिइन् ।
ती युवकले आफ्नो नाम रवि निवासी नीरपुर बताएको युवतीले बताएकी छन् । युवकले ती युवतीलाई रेवाडी लगेर कारभित्रै बलात्कार गर्ने प्रयास गरेका थिए । युवतीले तत्कालै विरोध जनाएपछि उनलाई मारिदिने धम्कि दिएर पाली फाटक नजदिक लगेर कारमै बलात्कार ( दुष्कर्म) गरेपछि युवतीलाई नारनौल लगेर मोबाइल र एक हजार रुपैयाँ समेत खोसेर लगिएको बताइएको छ ।

पीडित युवती त्यहाँबाट भागेर प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । पीडितको बयानका आधारमा प्रहरीले आरोपि तथा अन्यविरुद्ध जीरो एफआईआर दर्ता गराएको छ ।

उक्त घटना खोल थाना रेवाडीको भएको हुनाले नारनौल प्रहरीले उक्त केस रेवाडी प्रहरीको जिम्मा दिइएको बताइएको छ ।

यसैबीच मुल प्रवाह अखिल भारत नेपाली एकता समाजले यसलाई गम्भीरतापूर्वक लिएको र घटनाको छानविन गरी पीडितलाई न्याय तथा आरोपिलाई सजाय दिलाउनका लागि आवाज बुलन्द गर्दै घटनाको घोर निन्दा गरेको बताएको छ ।

वि.सं.२०७६ भदौ १२ बिहीवार १२:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

काठमाडौं । सरकारले भारतसहितका ८ देशका लागि राजदूत सिफारिस गरेको...

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानुनी व्यवस्था गर्न समितिको निर्देशन

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानुनी व्यवस्था गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले...

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय...

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

झापा । हुलाकी राजमार्ग अन्तरगतको झापा र मोरङलाई जोड्ने रतुवा...