back

हत्या गरिएका बजगाईका परिवारले पाए न्याय , अपराधीलाई ६० वर्ष जेल सजाय

वि.सं.२०७६ भदौ १२ बिहीवार

42 

shares

२९ अगस्त, अमेरिका । गत बर्ष अमेरिकाको भर्जिनियामा अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ का दिन हत्या गरिएका स्व रेशम बजगाईका अभियुक्त हत्यारालाई भर्जिनियाको अदालतले ६० बर्ष कैद र २५ हजार डलर जरिमाना सुनाएको छ ।

उक्त फैसला भर्जिनिया फेयर फ्याक्स काउन्टी सर्किट अदालतले फैसला सुनाएको हो । जुरी (पन्चहरु)ले ६० बर्षको र २५ हजार डलरको सिफारिस गरे पछि न्यायधिसले उक्त निर्णय सुनाएका हुन् ।

रेशमका पक्षका वकिलले हत्यारालाई जन्म कै सिफारिस गरेको तर अभियुक्त हत्याराका वकिलले २० बर्षको सजायको प्रस्ताव गरेका थिए । सजाय समय तोक्ने बिषयमा दुवै पक्षका वकिलहरुको बहस भएको थियो ।

तर जुरी (पन्चहरु)ले उनीहरुको दाबीलाई नकार्दै हदै सम्मको सजाय सुनाएका थिए । हत्यारा जेल (कारागार)आगामी नोभेम्बर २२ मा जाने छन् । भर्जिनियाको हरन्डन शहर स्थित सुनोको ईन्धन चौकी)ग्यास स्टेसन (मा स्व रेशम बजगाईलाई आगो निभाउने उपकरण) फायर एक्सटिनगुईसर (ले हिर्काएर माथिल्लो भागमा ज्यादा चोट पटक लागेको कारण बजगाईको मृत्यु भएको थियो । त्यसको साथै अन्य फलामे चिज तथा घाँटी न्याकेको समेत प्रमाण फेला परेको छ ।

फैसला हुनु अघि घटनाको सम्पूर्ण प्रमाण ( क्यामारा ) अदालतको न्यायाधिसलाई देखाईएको थियो । यसको फैसला दुई चरणमा गरिएको थियो । पहिलो चरणमा हत्यालाई प्रथम श्रेणीको हत्याको किटानी गरियो । स्मरण रहोस ,प्रथम श्रेणीको हत्याको लागि कम्तिमा २० बर्ष र बढीमा जन्म कैद हुन्छ ।

दोश्रो चरणको सुनुवाई पछि ६० बर्षको कैद र २५ हजार डलरको जरिमाना सुनाईएको हो । प्रहरीले गत बर्ष नै हरन्डन शहर कै किनमेल बजारको कार पार्क (सवारी साधन रोक्ने ठाउँ) बाट अभियुक्त हत्यारा मोहमद ए अब्दुल्लाहीलाई पक्राउ गरेको थियो । उनलाई प्रथम श्रेणीको हत्याको आरोप लगाई ६० बर्षको कैद सुनाएको हो ।

नेपाली मूलका ४० बर्षिय स्व रेशम बजगाईलाई गत बर्ष बुधबारका दिन बिहान १ बजेर १५ मिनेटमा हत्या गरेको फेयर फ्याक्स प्रहरी चौकीले जानकारी दिएको थियो । मृतक बजगाई सेप्टेम्बर २०१७ मा अमेरिका आएका थिए । उनि उक्त सुनोको ग्यास स्टेसन ( इन्धन चौकी ०) मा हप्तामा एक पटक मात्र काम गर्ने र त्यही दिन काम गर्न आएका थिए ।

अमेरिकाको डिसी महानगर क्षेत्रको हरन्डन आसपासमा बसोबास गर्ने स्व बजगाई आफ्नी जीवन संगिनी तथा ६ बर्षिय छोरी संग बस्दै आएका थिए । हरन्डनको किनमेल गर्ने बजार स्थित १३३०० ब्लक अफ फ्रान्कलिन फर्ममा घटना घटेको थियो ।

वि.सं.२०७६ भदौ १२ बिहीवार १२:३२ मा प्रकाशित

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

काठमाडौं । अमेरिकाको नर्थक्यारोलिना राज्यमा नेपालीहरुको चाड दशै र तिहारमा...

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना) को...