back

जापानमा अध्ययनरत एक नेपाली युवाको उपचारका क्रममा मृत्यु

वि.सं.२०७६ भदौ १२ बिहीवार

42 

shares

१२ भदौ, जापान । जापानमा कार्यरत एक नेपाली युवाको उपचारका क्रममा मृत्यु भएको छ ।

अध्ययनका लागि जापान पुगेका बर्दिया मुगरागडीका २९ वर्षीय रामहरि घिमीरेको उपचारका क्रममा भदौ १० (अगस्त २७) मा कानगावा केनमा मृत्यु भएको हो ।

जापानको कानागावा केनमा बसेर अध्ययन गरिरहेका घिमीरे एक्कासी पेट दुखेर चुरिन्काई अस्पताल भर्ना भएका थिए । उनको उपचारकै क्रममा मंगलबार राति १ बजे मृत्यु भएको बाँके बर्दिया मैत्री समाजका सुशील मल्लले जनाएका छन् ।

उनको शव नेपाल पठाउनका लागि ८ लाख जति रकम आवस्यक रहेकोले जापानबासी नेपाली दाजुभाइ दिदीबहिनीलाई सहयोग गरिदिनुहुन पनि मल्लले समाजका तर्फबाट अनुरोध गरेका छन् । उनको मृत्युको कारण पत्ता नलागिसकेको तथा प्रहरी रिर्पोट बुझ्ने कार्य भइरहेको पनि मल्लले जनाएका छन् ।

वि.सं.२०७६ भदौ १२ बिहीवार १३:५४ मा प्रकाशित

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अध्यक्ष सिता सापकोटालाई...

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपालीी संघ (एनआरएनए) नाइजेरियाद्वारा पश्चिमरुकुम र जाजरकोटका...

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अमेरिका । न्यूयोर्कमा आयोजित ११५ औं महाकबि लक्ष्मीप्रसाद देबकोटा जयन्ती...

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

काठमाडौं । अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप,...

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

आक्रा । घाना घाना भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर...

केसीको नेतृत्वमा मलेसियामा पनि गठन भयो रास्वपाको भातृ संगठन

केसीको नेतृत्वमा मलेसियामा पनि गठन भयो रास्वपाको भातृ संगठन

मलेसिया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भातृ संगठन मलेसियामा...