back

रामपुरमा व्यावसायिक फूलखेती

वि.सं.२०७६ भदौ १२ बिहीवार

66 

shares

१२ भदौ, बेझाड । पाल्पाको रामपुरमा पहिलोपटक व्यावसायिक फूलखेती शुरु गरिएको छ । रामपुर नगरपालिका वडा नं ४ देविस्थान बस्ने युवा दिलबहादुर थापाले व्यावसायिक तवरले फूलखेती गरेका हुन् ।
दशैँ तिहार जस्ता चाडपर्वलाई मध्यनजर राख्दै थापाले एक महीनाअघिदेखि फूलखेती शुरु गरेका छन । उनको नर्सरीमा मखमली र सयपत्री जातका करीब चार हजार फूलका बिरुवा रहेका छन् ।
रामपुर क्षेत्रमा पछिल्लो समय चाडपर्वमा बजारमा आएका प्लाष्टिकको मालाको खपत बढ्न थालेको देखेपछि फूलखेती शुरु गरेको थापाले बताए । बिरुवाको माग राम्रै भएकाले अर्को वर्ष व्यवसाय बढाउने थापाको सोंच छ ।
उनको नर्सरीमा फूलका बिरुवा खरीद गर्न र हेर्न जानेको चहलपहल बढ्दो छ । एक बिरुवाको रु २० मा बिक्री हुँदै आएको छ । विदेशबाट फर्केर दुई वर्षदेखि गाउँमा तरकारीखेती शुरु गर्नुभएका थापाले यो वर्ष फूलखेतीलाई पनि अगाडि बढाएका हुन् ।
एक महीनाअघि एकहप्ते व्यावसायिक पुष्पखेती, नर्सरी तथा बगैँचा व्यवस्थापनसम्बन्धी तालीम लिएर फर्केपछि फूलखेतीमा सौख बढेको उनले बताए । घरको सौन्दर्यका लागि बनाइएका बगैँचा र गमलाका लागि आवश्यक बिरुवा तयार गर्ने उनको भनाइ छ । हाइब्रिड जातको मखमली र हाइब्रिडसँगै उन्नत जातको सयपत्री फूल उनले लगाएका छन् ।
यहाँको उर्वरा कृषि समूह काँसजरीले एक हजार फूलका बिरुवा खरीद गरेर लगाएको छ । तिहार पर्वमा फूल उत्पादन गरेर बिक्री गर्ने गरी समूहले थापाको नर्सरीबाट बिरुवा खरीद गरी लगाउन शुरु गरेको सीमादेवी रानाले बताइन ।
समूहका १८ जना महिलाले एक रोपनी बढी जग्गामा फूलखेती शुरु गरेको रानाको भनाइ छ । मखमली र सयपत्री फूललाई विशेष गरी तिहारको मुख्य पहिचानका रुपमा लिने गरिन्छ । फूलको महत्व प्रति स्थानीयले चासो नदिँदा गाउँघरमै लोप हुन थालेको पाइएको छ ।रासस

वि.सं.२०७६ भदौ १२ बिहीवार १४:५० मा प्रकाशित

किसानको गुनासो-कफीले प्रतिफल दिएन

किसानको गुनासो-कफीले प्रतिफल दिएन

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता...

बसकोे ठक्करबाट पैदल यात्रीको मृत्यु

बसकोे ठक्करबाट पैदल यात्रीको मृत्यु

जानकी (बाँके) । बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल...

बुटवलमा सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा कुटिए

बुटवलमा सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा कुटिए

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

देवचुलीमा माओवादीको प्रशिक्षण कार्यक्रम सम्पन्न

देवचुलीमा माओवादीको प्रशिक्षण कार्यक्रम सम्पन्न

नवपुर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र को अगुवा कार्याकर्ता...

चौध वर्षीय बालिका हत्या आरोपी भारतीय नागरिक जेल चलान

चौध वर्षीय बालिका हत्या आरोपी भारतीय नागरिक जेल चलान

जानकी (बाँके) । बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान...