१२ भाद्र, काडमाडौँ । मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डे घुस सहित पक्राउ परेका छन् ।
मालपोत कार्यालयमा कार्यरत दुई पाण्डेले जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु १ लाख २० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।
पक्राउ परेका दुबैलाई उक्त रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ
वि.सं.२०७६ भदौ १२ बिहीवार १५:५९ मा प्रकाशित