१२ भदौ, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गुप्त बहादुर हमाल ‘सन्देश’ ले समाजवाद निर्माणका लागि पार्टी एकता भएको बताएका छन् ।
पैञ्युको सरौंखोलामा आयोजित श्रद्धान्जलि सभालाई सम्बोधन गर्दै हमालले समाजवाद निर्माण गर्न सक्षम पार्टीको आवस्यकता बमोजिम पार्टी एकताको काम लगभग सम्पन्न भइसकेको बताउँदै अबको कार्यदिशा संप्रेषणको तयारी भइरहेको बताएका छन् ।
कार्यक्रममा विशिष्ठ अतिथि नेकपाका केन्द्रीय सदस्य तथा कास्की जिल्ला ईन्चार्ज राजकाजी गुरुङ ‘करण’ ले समाजवादको अर्थराजनैतिक विषयवस्तु बारे धारणा राख्दै अग्रगमनको यात्रा जारी रहने बताएका थिए ।
कार्यक्रममा विशिष्ठ अतिथि रहेका नेकपा नेता तथा गण्डक प्रदेशमन्त्री विकास लम्सालले पार्टी चुस्त बनाएर सरकारको काम प्रभावकारी बनाउनुपर्ने विचार राखेका थिए भने नेकपा नेता झलकपाणी तिवारीले कम्युनिष्ट आन्दोलन, धर्म र संस्कृतिको सम्बन्धका विषयमा संक्षिप्त धारणा राखेका थिए ।
संविधानसभा सदस्य तथा नेकपा नेता गुणाखर बस्याल र नेकपा पर्वतका सचिव सुदीप कुँवरले स्व. विष्णु कुमारी तिवारी र उनको परिवारले राजनीतिक आन्दोलनमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतकी उपसभापति यामकुमारी राना, नेकपाका जिल्ला नेताहरु भक्त कुँवर, उमाकान्त भुर्तेल, महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेल, विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसाल, नेपाली कांग्रेस पैञ्युका प्रतिनिधि वेनु प्रसाद भुर्तेल लगायतले श्रद्धान्जलि मन्तव्य राखेका थिए ।
नेकपा पैञ्यु गाउँपालिका कमिटीद्धारा आयोजित सो श्रद्धान्जलि कार्यक्रममा पञ्यु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, गण्डकी प्रदेश कमिटी सदस्य प्रकाश न्यौपाने, नेकपा कुश्मा नगरकमिटीका अध्यक्ष शंकर गिरी, जलजलाका अध्यक्ष दीपक आचार्य, महाशिलाका अध्यक्ष विष्णुराम विक, सचिव दुर्गा तमु तथा जिल्ला नेताहरु ऋषि भुसाल, जीवन उच्चै, हरि पौडेल, उमाकान्त भुर्तेल ‘राजु’ रेशम बस्याल, गोमता बस्याल, सावित्रा तिवारी, पदम क्षेत्री, दिलिप सेन, अनिल मास्के, पारिश्वर भुसाल, गोमाता शर्मा, चण्डि भुर्तेल लगायतका जिल्ला नेता तथा विष्णु काफ्ले, थानेश्वर तिवारी लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालय परीक्षा नियनत्रण कार्यालय पोखराका डेपुटी कन्ट्रोलर अर्जुन भण्डारी, अधिवक्ता हरि खड्का, नेपाल राष्ट्रिय कर्मचारी संगठन त्रिविवि परिश्चमाञ्चल क्षेत्रका नेताहरु माधव सुवेदी, पूर्ण गुरुङ, गोविन्द पौडेल, भक्त लामिछाने, यमन सिंह बोहोरा तथा नेकपा वालिङ नगरपालिकाका नित्यानन्द तिवारी लगायत विभिन्न पार्टीका विभिन्न तहका प्रतिनिधि, निर्वाचित प्रतिनिधि र कर्मचारी तथा शिक्षकहरुको उपस्थिति रहेको सो कार्यक्रममा परिवारका तर्फबाट जयनारायण तिवारी र नीलकण्ठ तिवारीले मन्तव्य राखेका थिए भने खिमानन्द सापकोटाको स्वागत, रेशम सापकोटाको संचालन र चोकलाल न्यौपानेको अध्यक्षतामा सो श्रद्धान्जलिसभा सम्पन्न भएको थियो ।
वि.सं.२०७६ भदौ १२ बिहीवार १९:०५ मा प्रकाशित