back

आत्महत्या दुरुत्साहनको आरोपमा कार्कीविरुद्ध मुद्दा दर्ता

वि.सं.२०७६ भदौ १२ बिहीवार

408 

shares
RBB AD
NTC AD

१२ भदौ, ओखलढुंगा । आत्महत्या दुरुत्साहनको आरोपमा यहाँ एक युवाविरुद्ध मुद्दा दर्ता भएको छ ।


चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया गोमा कार्कीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा स्थानीयवासी युवराज कार्की्विरुद्ध मुद्दा दर्ता गरिएको हो ।

तीन महिना अघि गोमाले घरकै कोठामा पासो लगाएर आत्महत्या गरेकी थिइन् । आत्महत्या गर्नुअघि उनले लेखेको ‘सुसाइड नोट’ फेला परेको थियो । गोमाको परिवारले फेसबुकको ‘फेक आइडी’ खोलेर उनलाई बदनाम गराई आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै पीडकको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो ।

प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार अनुसन्धानका क्रममा युवराजले गोमालाई आत्महत्या गर्न दुरुत्साहन गरेको पुष्टि भएपछि उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको बताए । युवराजले प्रहरीसँगको बयानमा गोमाको फेक आइडी खोलेर बदनाम गरेको स्वीकार गरेका छन् । जिल्ला अदालतमा दर्ता भएको आत्महत्या दुरुत्साहनको यो दोस्रो मुद्दा हो । रासस

वि.सं.२०७६ भदौ १२ बिहीवार १९:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

काठमाडौं । सरकारले भारतसहितका ८ देशका लागि राजदूत सिफारिस गरेको...

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानुनी व्यवस्था गर्न समितिको निर्देशन

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानुनी व्यवस्था गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले...

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय...

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

झापा । हुलाकी राजमार्ग अन्तरगतको झापा र मोरङलाई जोड्ने रतुवा...