back

कविता : ‘बा’

वि.सं.२०७६ भदौ १३ शुक्रवार

276 

shares
NTC AD

आजैको दिन, जवान छोराले
आफ्नो ६५ बर्षे बुवालाई
पशुपतिको बृद्दाश्रममा छोडेर
श्रीमतीको ड्याडी अर्थात्
ससुरा ड्याडीको मुख हेर्न
कालो छाप व्हिस्की बोकी गएछ
पुग्ने बित्तिकै सर्बप्रथम
फेसबुक खोली
स्टाटस अपडेट गरेछ
‘मिस यु’ बुवा भनि
बुवाको १० वर्ष पुरानो
दशैको फोटो अपलोड गरि,
‘ह्याप्पी फादर्स डे’ पोस्ट गरेछ !

उता, बृद्दाश्रममा
आजै बिहान छोराले
छोडेर गएका बुवा, गुनासो गर्दै थिए
कस्ता छोरा जन्मिए
आफ्नो बाउलाई, घरबाट निकाले
‘थुक्क’ सन्तति
उनको गुनासो सुनेर
करिब ९० बर्षका बृद्द
कुप्रिदै एउटा कुनाबाट निस्के
आँखा देख्न छोडेकाले
छामछाम छुमछुम गर्दै
उनको अगाडी आए
काँधमा हात राखी
गाला सुम्सुम्याउदै
ढाडस दिन थाले
यस्तै हो छोरा
संसारको रिति–स्थिति
दुःख नमान, बदलिन्छ परिस्थिति

सुनेजस्तो स्वर
हातको तातो स्पर्श
छाँगाबाट खसे जस्तो
पश्चाताप भो सहर्ष
शीर झुकाई, खुट्टा ढोग्दै भन्यो
‘ह्याप्पी फादर्स डे’ बा
माफ गर्नुस, भेट्न आउन पाइन
ब्यस्त भएर, धेरै बर्ष
आज आए हजुरको मुख हेर्ने दिन सम्झेर
बृद्धले बल्ल चिने, ए, बाबु श्रवण कुमार
तिमीलाई कस्तो छ ?
भोक लाग्यो होला, आउभित्र
खाना खाउँसँगै
तिमि दुब्लाए जस्तो छ
आखिर बाउ–बाउ नै हो
छोरा–छोरीको माया
ठान्छन आफ्नै छाया !!!!

वि.सं.२०७६ भदौ १३ शुक्रवार १२:५० मा प्रकाशित

ADBL AD
पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई

पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई

काठमाडौं । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान चितवनले यसवर्षको ‘पद्मश्री...

कविता : प्रेम उपासक

कविता : प्रेम उपासक

विदुर अधिकारी, चितवन प्यारी हौ तिमी,जीवनको घर तिम्रा साधना, छन्...

चारु

चारु

दिपक पनेरु, सागरनाथ,सर्लाही झुटो सम्बन्धको असलियत देखिन थालेको छ मित्रतामा...

सुसेली : तिज

सुसेली : तिज

कल्पना दाहाल, काठमाडौं १. मामा आमा छन् चेलीबेटी सम्झेर खुसी...

कविता : इतिहासका साक्षी

कविता : इतिहासका साक्षी

पूजन मिश्र, भक्तपुर यो धर्तीका जीवित देउता वृद्धवृद्धा दुवै, आदरले...

गजल

गजल

विजय मुखिया बिम्ब,दार्जिलिङ भएँ लाचारझैँ तिम्रा, नजरका ती इसाराले दुखायो...