back

विश्वकप छनोट खेल्ने नेपाली टोलीको बिदाइ

वि.सं.२०७६ भदौ १३ शुक्रवार

54 

shares

१३ भदौ, काठमाडौँ । फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ ।

कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाललगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे । नेपाली टोली आइतबार कुवेत प्रस्थान गर्नेछ ।

कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपको छनोटअन्तर्गत नेपालले यही भदौ १९ गते कुवेतसँग उसैको मैदानमा खेल्दै प्रतियोगिता उद्घाटन गर्नेछ । त्यस्तै चिनियाँ ताइपेसँग पनि भदौ २४ गते उसैको मैदानमा खेल्नेछ ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँग यसअघि पनि खेलिसकेको बताउदै नतिजा आफ्नो पक्षमा पार्ने विश्वास व्यक्त गरे । त्यस्तै एन्फा अध्यक्ष शेर्पाले अष्ट्रेलियाबाहेक अन्य टिमसँग नेपालले खेलिसकेको कारण उत्कृष्ट प्रदर्शन गरेर स्वदेश फर्किनेमा आफू आशावादी रहेको बताए ।

राखेप सदस्यसचिव सिलवालले कुवेत हाम्रै स्तरको टोली भएको कारण दबाबरहित खेल्न आग्रह गरे । विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चिनियाँ ताइपे छन् ।

सहभागी खेलाडीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।

त्यस्तै मिडफिल्डरमा रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, र विशाल राई छन् भने फरवार्डमा विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।

वि.सं.२०७६ भदौ १३ शुक्रवार १३:१३ मा प्रकाशित

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

मनहरी । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल...

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

चितवन । अल स्टार स्पोर्टस् एकेडेमी धनगढीले चितवनमा सम्पन्न लेडी...

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

कास्की । पोखरामा शनिबारदेखि सञ्चालन हुने नेपाल–चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय...

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

काठमाडौँ । फिफा विश्वकप छनोट २०२६ र एसियन कप २०२७...

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

काठमाडौँ । आईसिसि एकदिवसीय क्रिकेट विश्वकप, २०२३ को उपाधिका लागि...

हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप प्रतियोगिता हुने

हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप प्रतियोगिता हुने

सिमकोट, (हुम्ला) । हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि...