back

२३ गाई मृत भेटिए

वि.सं.२०७६ भदौ १३ शुक्रवार

462 

shares
NTC AD

१३ भदौ, सुर्खेत । बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका गाई वीरेन्द्रनगरमा मृत भेटिएका छन् । नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका २९१ गाईमध्ये वीरेन्द्रनगरको कटकुवा जङ्गलमा २३ गाई मृत भेटिएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिले आठ ट्रकमा ल्याइएका गाईहरु आज बिहान करीब साढे तीन बजेतिर कटकुवा जङ्गलमा छाडिएको बताए । नौ गाईलाई भीरबाट खसालेर मारेको पाइएको छ । जङ्गलमा फेला परेकामध्ये १५० भन्दा बढी चौपाया घाइते अवस्थामा छन् । “हिजो राति साढे १२ बजे चौपाया बोकेका आठ ट्रक सुब्बाकुना प्रहरी चौकीमा इन्ट्री भएको देखिन्छ”, प्रहरी निरीक्षक सिजापतिले भने ।
स्थानीयले सामूहिक गौहत्या गरिएको आरोप लगाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् । प्रहरीले चौपाया छाडेर नेपालगञ्ज फर्कँदै गरेका पाँच ट्रकलाई बबईबाट नियन्त्रणमा लिएको छ । रासस

वि.सं.२०७६ भदौ १३ शुक्रवार १३:२० मा प्रकाशित

ADBL AD
चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो फेरियो

चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो फेरियो

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कर्णाली प्रदेशको प्रसिद्ध...

‘कृत्रिम अभ्यास विपद् प्रतिकार्यको उपयोगी सन्देश’

‘कृत्रिम अभ्यास विपद् प्रतिकार्यको उपयोगी सन्देश’

कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि...

गाउँबाट हराउदै गएको परम्परागत प्रविधि पानी घट्ट अहिले शहर बजारमा

गाउँबाट हराउदै गएको परम्परागत प्रविधि पानी घट्ट अहिले शहर बजारमा

कर्णाली । पूर्वाधार विकास, सबैखाले सुविधा र आधुनिक जीवनशैली सहरको...

जुम्लामा नूनको अभाव छैनः साल्ट

जुम्लामा नूनको अभाव छैनः साल्ट

जुम्ला । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार...

टेलिफोन सेवा सञ्चालन गर्न विद्युत् जडान सुरु

टेलिफोन सेवा सञ्चालन गर्न विद्युत् जडान सुरु

सिमकोट (हुम्ला) । सिमकोट गाउँपालिका-७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको...

समावेशी संविधानले ल्याएको परिवर्तन

समावेशी संविधानले ल्याएको परिवर्तन

काठमाडौँ । हरेक वर्ष संविधान दिवस मनाइरहँदा संविधानसभा सदस्य कमला...