back

भाइरलका कारण शिक्षक बिरामी हुँदा स्कूल बन्द

वि.सं.२०७६ भदौ १३ शुक्रवार

228 

shares
RBB AD
NTC AD

१३ भदौ, भीमदत्तनगर । कञ्चनपुरका स्वास्थ्य संस्थामा भाइरलका बिरामीको सङ्ख्या बढ्दै गएको छ । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरो, रुघाखोकी, टाउको दुख्ने बिरामी आइरहेको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।
उक्त अस्पतालका सूचना अधिकृत केशव अवस्थीले यहाँ आउने बिरामीमध्ये ५० प्रतिशतमा भाइरलको प्रकोप देखिएको बताए । “दैनिक २०० बिरामी यहाँ स्वास्थ्य परीक्षणका लागि आइरहेका छन्”, उनले भने, “तीमध्ये आधाजति भाइरलका बिरामी छन् ।” साउनको पहिलो सातादेखि नै अस्पतालमा भाइरलका बिरामीको चाप बढ्दै गएको सूचना अधिकृत अवस्थीले जानकारी दिए ।
त्यसैगरी जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि भाइरलका बिरामीहरुको चाप बढेको छ । भीमदत्तनगरका बजार क्षेत्रका निजी क्लिनिकमा पनि भाइरलका बिरामीको चाप बढेको छ । शुक्लाफाँटा नगरपालिका–१ स्थित श्रीराम आधारभूत विद्यालयमा अध्यापनरत दुई शिक्षिका र एक शिक्षक बिरामी परेकाले गत बिहीबारदेखि दुई दिनका लागि स्कूल बन्द गरिएको छ ।“स्कूलमा भएजतिका सबै शिक्षक÷शिक्षिका बिरामी परेकाले दुई दिन बिदा दिने निर्णय गरिएको विद्यालय यव्यवस्थापन समितिलेसमितिका अध्यक्ष पदम कँुवरले बताए । (रासस)

वि.सं.२०७६ भदौ १३ शुक्रवार १३:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
संसद्मा विनियोजन विधेयकमाथि खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

संसद्मा विनियोजन विधेयकमाथि खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न...

सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सांसदको माग

सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सांसदको माग

काठमाडौं । नेकपा एमालेका सांसदहरुले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय...

अबिरल वर्षासँगै गएको पहिरोले सङ्खुवासभामा तीन घर बगायो, एक जना घाइते

अबिरल वर्षासँगै गएको पहिरोले सङ्खुवासभामा तीन घर बगायो, एक जना घाइते

किमाथाङ्का, (सङ्खुवासभा) । सङ्खुवासभाको खाँदबारी नगरपालिका-११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले...

एमाले सांसद भट्टराईद्वारा बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

एमाले सांसद भट्टराईद्वारा बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

  काठमाडौं । सांसद योगेश भट्टराईले मनसुनका कारण ताप्लेजुङमा जनधन...

प्रतिनिधिसभाको बैठक : तीन मन्त्रालयको बजेटमाथि छलफल हुँदै

प्रतिनिधिसभाको बैठक : तीन मन्त्रालयको बजेटमाथि छलफल हुँदै

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सुरु भएको छ । बैठकमा...

कार दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

कार दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

काठमाडौं । रुपन्देहीको बुटवलमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु...