back

शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

वि.सं.२०७६ भदौ १३ शुक्रवार

168 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

१३ भदौ, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ बहुमतले पारित गरेको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले विश्वविद्यालयका सिनेट बैठकको प्रमाणीकरण कसले गर्ने भन्ने विषयमा लामो छलफल भएको स्मरण गदृै अध्यक्षता गर्ने व्यक्तिले नै गर्नेगरी मन्त्री पोखरेलले राखेको प्रस्ताव सर्वसम्मतरुपमा स्वीकृत गर्ने निर्णय भएको बताए ।

सांसद रामलखन चमारले दलित विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था सहीरुपमा हुन नसकेको गुनासो गरे । सांसद प्रकाश पन्थले संवैधानिकरुपमा व्यवस्था गरिएको अपाङ्गता भएका व्यक्तिको निःशुल्क उच्च शिक्षाको अधिकार खोसिएको बताए ।

सैद्धान्तिक छलफलमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिदै मन्त्री पोखरेलले संवैधानिक भावनालाई कानून बनाउँदा खुम्च्याउने सोच सरकारको नरहेको प्रष्ट पारे ।

संविधानले निर्दिष्ट गरेका विषयअनुसार नै शिक्षासम्बन्धी विधेयक तयार भएको उनको भनाइ थियो । यसअघि मन्त्री पोखरेलले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

वि.सं.२०७६ भदौ १३ शुक्रवार १३:४९ मा प्रकाशित

डेरी सञ्चालकहरुले दूध नलिएपछि नलिएपछि रामेछापका किसान चिन्तामा

डेरी सञ्चालकहरुले दूध नलिएपछि नलिएपछि रामेछापका किसान चिन्तामा

मन्थली, (रामेछाप) । रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध जिल्लामा...

बाली विज्ञान विषय पढ्ने विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा

बाली विज्ञान विषय पढ्ने विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा

गलेश्वर (म्याग्दी) । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग...

कडा मौसमले मङ्गोलियामा २१ लाख पशु मरे

कडा मौसमले मङ्गोलियामा २१ लाख पशु मरे

उलान बाटोर। ‘जुड’ नामक अत्यधिक चिसोले मङ्गोलियामा यो जाडो मौसममा...

अनुचित लेनदेनसम्बन्धी सात सय ७९ उजुरीमा मिलापत्र

अनुचित लेनदेनसम्बन्धी सात सय ७९ उजुरीमा मिलापत्र

बारा । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विवादमा हालसम्म सात सय ७९...

युक्रेनमा रुसलाई असफल पार्न ‘कुनै पनि कुरा अस्वीकार नगरेको’ फ्रान्सको भनाइ

युक्रेनमा रुसलाई असफल पार्न ‘कुनै पनि कुरा अस्वीकार नगरेको’ फ्रान्सको भनाइ

पेरिस । फ्रान्सका प्रधानमन्त्री ग्याब्रियल एटलले युक्रेनमा रुसी विजयलाई रोक्नका...

निरन्तर उकालो यात्रामा नेप्से, १३ मध्ये ६ उपसमूहको मूल्यमा गिरावट

निरन्तर उकालो यात्रामा नेप्से, १३ मध्ये ६ उपसमूहको मूल्यमा गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...