back

मुसहर पुरुषको औसत आयु ४० वर्ष मात्रै

वि.सं.२०७६ भदौ १३ शुक्रवार

294 

shares
RBB AD
NTC AD

१३ भदौ, जलेश्वर । उठ्ने बित्तिकै रक्सी खाने, दिउँसो पनि रक्सी खाने र बेलुका फेरि रक्सी खाएर सुत्ने उनीहरुको दिनचर्या नै हो । मानिसले काम गरेर थकाइ मार्न कहिलेकाहीँ पिउँछन् । सधैं पिउनेले थोरै मात्रै रक्सी पिएर सुत्छन् तर, मनहर्वा बस्तीमा सबैजसो पुरुष रक्सी खानकै लागि जन्मेका जस्ता देखिन्छन् ।
यहाँका पुरुष एकाबिहानै रक्सी सेवन गरेर एक आपसमा गालीगलौज, झै–झगडा र कुटपिट नगरेको कुनै दिन नै हुँदैन भन्दा हुन्छ । काम गर्न नमान्नु, तास, जुवा, रक्सीमा मात्नु र श्रीमतीलाई पिट्नु पनि यहाँका पुरुषहरुको दिनचर्या नै हो ।

शिक्षाको उज्यालो घामले नछोएको यस बस्तीका व्यक्तिहरु छोराछोरी पढाउने चाहना नै राख्दैनन् । आफ्ना छोराछोरीलाई विद्यालयबाट टाढै राख्न चाहन्छन् । बालबालिकालाई पढाउनुको साटो उनीहरुका लागि गाई, बाख्रा, सुँगुर, बँगुर किनिदिने र त्यसको हेरचाहमा लगाएर २÷४ पैसा आर्जन गर्न लगाउने कामलाई उनीहरु प्राथमिकता दिन्छन् । महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं ७ स्थित मनहर्वा मुसहर बस्तीको पुरुषहको औसत आयु ४० वर्ष मात्रै रहेको छ ।

नेपाल सरकारले तोके अनुसार हरेक नेपालीको औसत आयु ६० वर्ष रहे पनि यस बस्तीका मुसहर पुरुषहरुको औसत आयु ४० वर्ष मात्रै रहेको छ । एकसय २५ घरधुरी रहेको यस बस्तीका पुरुषहरु अत्यधिक रक्सी खाने गरेका कारण ४० वर्षभन्दा बढी नबाँचेको उनीहरुको भनाइ छ ।

यहाँका मुसहरहरु बिहान उठ्ने बित्तिकै रक्सी खाने, दिनभरि काम गर्ने, काम गर्दागर्दै दिउँसै रक्सी खाने र फेरि बेलुका कमाएर ल्याएको पैसाबाट रक्सी खाएर सुत्ने गरेका कारण उनीहरु अल्पायुमै मर्ने गरेको स्थानीय मुसहर महिला निर्मला सदाले बताइन् ।
बाइस वर्षकै उमेरमा विधवा भएकी मुसहर महिला इन्दु सदाले ३ वर्ष पहिले मात्रै पति दुखा सदालाई गुमाइन् । आफ्नो पतिको ३२÷३३ वर्षको उमेरमा अत्यधिक रक्सी सेवन गरेकै कारण मृत्यु भएको उनी बताउँछिन् ।
अल्पायुमै आफन्तको मृत्युवरण देखेकी तुलसी सदाले पनि रक्सी सेवनबाट शुरु हुने यहाँका पुरुषहरुको दैनिकीले नै उनीहरुको आयु खुम्च्याइदिएको बताइन् ।
स्थानीय महिला मरनी सदाका अनुसार आ–आफ्ना पुरुषका बारेमा कुन दिन अप्रिय समाचार सुन्नु पर्ने हो भन्ने भय पालेर यहाँका महिलाले दिन गुजार्न परिहरेको छ ।
यस गरीब बस्तीमा कुनै पनि मुसहरको घरमाथि टिनको छानो छैन । सबैको घर खर, बाँस, झारपातबाट बनेको छन् र सबैको छानो चुहिने अवस्थाका छन् । ईंटा, ढुङ्गा र सिमेन्टले बनेको पक्की घर त हेर्नकै लागि भए पनि कसैको त्यस बस्तीमा छँदै छैन ।
दैनिक रक्सी खाएका पतिबाट प्रताडित यस बस्तीका महिलाहरुले आफूहरुको बस्तीमा रक्सीमाथि प्रतिबन्ध लगाइदिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरुसँग पटक पटक गुहारिसकेको भए पनि त्यसको सुनुवाइ भएको छैन ।
गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले यस बस्तीका मुसहरको बानीबेहोरामा परिवर्तन ल्याउन नगरपालिकाले थुप्रै कामहरु गरेको बताउछन् ।
बालबालिकाहरुको पठनपाठन नियमित होस् भन्ने उद्देश्यले पनि यस वस्तीमा रहेका विद्यालयलाई विभिन्न सेवा सुविधाहरु दिइएको उनि बताउछन् । आफू अनपढ भएकाले आफ्ना सन्तानलाई पनि सधैं अनपढ नै राख्ने सोच यहाँको अभिभावकले पालेको देखिन्छ ।

करीब २ वर्ष पहिले मनहर्वा बस्तीमा हास्य कालाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) आएर बस्तीका सबै बालबालिकाहरुलाई विद्यालय पठाउन आग्रह गर्दै शैक्षिक सामग्री बाँडेका थिए । सबै महिला, पुरुषहरुलाई रक्सी सेवन, झै झगडा, गालीगलौज र कुटपिट जस्ता घटनाहरु नघटाउन पनि उनीहरुले सल्लाह दिएका थिए । त्यो बेला घरघरबाट मेला भर्न आएजस्तै उर्लेर आएका मुसहरहरुले सोही दिनदेखि आफूहरु राम्रो बाटोमा हिँड्ने प्रण गरेका थिए तर, कुकुरको पुच्छर सधैं बाङ्गो भनै जस्तै एकाध परिवार र व्यक्ति बाहेक मनहर्वाका सबै मुसहरहरुको स्वभावमा खासै परिवर्तन आएन ।

वि.सं.२०७६ भदौ १३ शुक्रवार १४:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
संसद्मा विनियोजन विधेयकमाथि खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

संसद्मा विनियोजन विधेयकमाथि खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न...

सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सांसदको माग

सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सांसदको माग

काठमाडौं । नेकपा एमालेका सांसदहरुले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय...

अबिरल वर्षासँगै गएको पहिरोले सङ्खुवासभामा तीन घर बगायो, एक जना घाइते

अबिरल वर्षासँगै गएको पहिरोले सङ्खुवासभामा तीन घर बगायो, एक जना घाइते

किमाथाङ्का, (सङ्खुवासभा) । सङ्खुवासभाको खाँदबारी नगरपालिका-११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले...

एमाले सांसद भट्टराईद्वारा बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

एमाले सांसद भट्टराईद्वारा बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

  काठमाडौं । सांसद योगेश भट्टराईले मनसुनका कारण ताप्लेजुङमा जनधन...

प्रतिनिधिसभाको बैठक : तीन मन्त्रालयको बजेटमाथि छलफल हुँदै

प्रतिनिधिसभाको बैठक : तीन मन्त्रालयको बजेटमाथि छलफल हुँदै

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सुरु भएको छ । बैठकमा...

कार दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

कार दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

काठमाडौं । रुपन्देहीको बुटवलमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु...