back

राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भयो मिडिया काउन्सिल विधेयक

वि.सं.२०७६ भदौ १३ शुक्रवार

30 

shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वार्थ प्रेरित भई पत्रकारिता गर्न नहुन बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा मन्त्री बाँस्कोटाले विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै पत्रकारितालाई नियन्त्रण गर्नेभन्दा पनि आमसञ्चारमाध्यमलाई सुरक्षित, मर्या्दित र जिम्मेवार बनाउने उद्देश्यले काउन्सिल विधेयक ल्याइएको बताए ।

सैद्धान्तिक छलफलमा सांसद खिमलाल भट्टराईले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधान विधेयकमा नभेटिएको, सांसद ठगेन्द्रप्रकाश पुरीले निष्पक्ष पत्रकारिताका लागि विधेयक स्वागतयोग्य रहेको विचार राखको भने सांसद बद्रीप्रसाद पाण्डेले राज्यको चौथो अङ्गमाथि सरकारले नियन्त्रण गर्न खोजेको आरोप लगाए ।

सांसद वृशेषचन्द्र लालले प्रेस काउन्सिललाई समावेशी बनाउनुपर्ने र सांसद डा विमला राई पौडेलले मुलुकको आर्थिक, सामाजिक विकासमा सञ्चारक्षेत्रको महत्वपूर्ण भूमिका भए पनि पछिल्लो समयमा देखिएको विकृति रोक्नुपर्नेमा जोड दिए ।

सांसद प्रमिला कुमारीले देशमा बढ्दै गएको भ्रष्टाचारको अन्त्य, महिला तथा बालबालिकामाथि हुने गरेको हिंसा र आवाजविहीनको आवाजलाई बुलन्द गर्न सञ्चार क्षेत्रले स्वतन्त्ररूपमा काम गर्न पाउनुपर्ने माग राखिन् ।

यसअघि मन्त्री बाँस्कोटाले राष्ट्रियसभामा पेश गरेको “नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको अर्को बैठक भदौ २५ गते बुधबार दिनको १ बजे बस्ने भएको छ ।

वि.सं.२०७६ भदौ १३ शुक्रवार १४:१७ मा प्रकाशित

कोप-२८ : बन्ला त जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा ?

कोप-२८ : बन्ला त जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा ?

रमेश लम्साल, काठमाडौँ । वर्षभरि नै सेता देखिने हिमाल क्रमशः...

कोप-२८ मा प्रधानमन्त्रीको सम्बोधन : हामीमाथि भएको डरलाग्दो अन्याय रोकिनु पर्छ

कोप-२८ मा प्रधानमन्त्रीको सम्बोधन : हामीमाथि भएको डरलाग्दो अन्याय रोकिनु पर्छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका...

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

युएई (दुबइ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन...

गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ : मन्त्री शर्मा

गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...