back

दुई युवाद्वारा १३ वर्षे बालिका बलात्कृत

वि.सं.२०७६ भदौ १३ शुक्रवार

39 

shares


१३ भाद्र, सप्तरी । सप्तरीको राजविराज बजारमा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

घर फर्किरहेका बेला बिहीबार राति ७ बजे बजारबाटै अपरहण गरी दुई युवाले बलात्कार गरेको ती बालिकाले बताइन् । उनका अनुसार ती युवाले दिएको फ्रुटी खाँदै घर फर्किरहेका बेला शहीद दर्शन चोकमा पुगेपछि आफू बेहोस भएको बताइन् ।

आरोपितहरुले राति १२ बजे घर नजिकै ल्याएर छाडेपछि बालिका रुँदै घर आएकी उनकी आमाले जानकारी दिइन् । विक्षिप्त अवस्थामा रहेकी बालिकाले आरोपितहरुको नाम र ठेगाना बताउन सकेकी छैनन् । इन्सेक सप्तरीको कार्यालयमा बिहान पीडित बालिकासहित आएकी उनकी आमाले इन्सेकको पहलमा जिल्ला प्रहरी कार्यालयमा घटनाबारे उजुरी दिएकी थिइन् ।बालिकाको अहिले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको इन्सेकका प्रतिनिधि मनोहर पोखरेलले जानकारी दिए। आरोपितहरुको नाम र ठेगाना नखुलेपछि प्रहरीले बालिकाले बताएको हुलियाका आधारमा उनीहरूको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले जानकारी दिए ।

वि.सं.२०७६ भदौ १३ शुक्रवार १४:५४ मा प्रकाशित

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

भरतपुर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई...

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारको प्रत्याभूति दिलाउन...

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री ‘प्रचण्ड’

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी,...

ठगी गरेको आरोपमा जनप्रतिनिधिसहित चार पक्राउ

ठगी गरेको आरोपमा जनप्रतिनिधिसहित चार पक्राउ

कास्की । पोखराका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परेका छन्...

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको उपमहासचिव पुनको आरोप

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको उपमहासचिव पुनको आरोप

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले एनसेल खरिद–बिक्री...

१४ किलो सुन प्रकरण : छ सदस्यीय छानबिन समिति गठन

१४ किलो सुन प्रकरण : छ सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति बरामद गरिएको करिब १४...