१३ भदौ, ललितपुर । ललितपुर महानगरपालिका ४ नख्खुस्थित सेफ हाउस होस्टलमा अवैध रुपमा राखिएका १८ जना बालिका तथा महिलाहरुको बिहीबार दिउँसो उद्दार गरिएको छ ।
गोमा लिम्बु र इमिनिअल तामाङले संचालन गरेको उक्त होस्टलमा अवैध रुपमा बालिका तथा महिलालाई राखेको भन्ने सूचनाको आधारमा महिला तथा बालिका खोजतलास केन्द्र भृकुटीमण्डप र महानगरीय प्रहरी परिसर ललितपुरबाट संयुक्त रुपमा खटिएको टोलीले ती बालिका तथा महिलाहरुको उद्दार गरेको हो ।
उद्दार गरिएका बालिका तथा महिलाहरुलाई काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलास्थित अल्पकालीन संरक्षण गृह साझा घरमा राख्नका लागि उक्त संरक्षण गृहका पदाधिकारीलाई जिम्मा लगाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
वि.सं.२०७६ भदौ १३ शुक्रवार १५:०४ मा प्रकाशित