back

सोलुखुम्बुका मगर बने एनआरएनए पोर्चगलको आइसिसि सदस्य

वि.सं.२०७६ भदौ १३ शुक्रवार

42 

shares

१३ भदौ, काठमाण्डौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) पोर्चुगलको आइसिसि सदस्यमा सोलुखुम्बुका नारायणकाजी मगर निर्वाचित भएका छन् ।

अगस्त २५ मा सम्पन्न भएको संघको निर्वाचनले आइसिसि सदस्यमा नारायणकाजी मगर र रवीन अधिकारीलाई निर्वाचित गरेको हो ।

सोलुखुम्बु नेलेमा जन्मिएका मगर सन् २०१४ देखि पोर्चुगलमा रहदै आएका छन् । व्यवसायी समेत रहेका मगरले हाल रेष्टुरेण्ट तथा मिनी मार्केट संचालन गरेका छन् । मगरले नेपालमा रहदा झण्डै १७ वर्ष भलिवलका नेशनल रेफ्रि रहेर काम गरेका थिए ।

झण्डै २५–३० हजारको हाराहारीमा नेपालीहरु रहेको पोर्चुगल विश्वकै आप्रवासीहरुका लागि सहज वसोवासको गन्तव्य रहेको उनी बताउँछन् । पोर्चुगलमा वर्क परमिट र पेपरको सहजता भएकोले पनि आप्रवासीहरुको गन्तव्य पोर्चुगल रहेको उनको ठहर छ ।

यसभन्दा अघि परिषद्को उपाध्यक्ष रहेर संघमा आइपरेका विभिन्न कामहरुमा सक्रिय भूमिका निभाउँदै आएका मगरले आइसिसि सदस्य रहँदा पनि अझ जिम्मेवारीपूर्वक संघका लागि खट्ने संसारन्युजसँग बताएका छन् ।

युरोप जाने धेरै नेपालीको रोजाई पोर्चुगल हुने भएकोले त्यहाँ नेपालीलाई समस्या पर्दा सहयोगका लागि एनआरएनए पोर्चुगलले अक्षयकोष स्थापना गर्ने मगरले बताएका छन् । ‘विभिन्न समस्यामा परेका तथा घटनामा परेर मृत्युवरण गरेका नेपालीको शव नेपाल लैजान र यहि पनि दाहसंस्कार गर्न १३ सय युरोदेखि ३ हजार युरोसम्म खर्च लाग्ने गरेको छ,’ मगरले भने, ‘हामीले अहिलेसम्म त्यस्ता कामका लागि पोर्चुगलमा रहेका नेपाली दाजुभाइ दिदी बहिनीबाट सहयोग रकम उठाउने गरेका थियौं अब अक्षयकोष बनाएर त्यसलाई परिचालन गरिनेछ ।’

गैरआवासीय नेपाली संघको आउदै गरेको नवौ सम्मेलनले ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारालाई आत्मसाथ गर्ने, देशको विकासमा एनआरएनहरुलाई ऐक्यबद्ध बनाउने दृढ इच्छाशक्ति भएको नेतृत्व अवको एनआरएनए नेतृत्व चयन गरिनुपर्ने बताउँछन् मगर । ‘हाम्रो संस्थालाई धनीहरुको संस्था भन्ने आक्षेप लाग्ने गरेको छ, त्यसलाई चिरेर सबैलाई समेटेर लैजान सक्ने कुशल नेतृत्वको अवस्यकता छ । जसले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई आत्मसाथ गर्न सकोस् ।’

वि.सं.२०७६ भदौ १३ शुक्रवार १७:५८ मा प्रकाशित

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

काठमाडौँ । नेपाल सरकारले रुसी सरकारलाई रुसी सेनामा कार्यरत रही...

बेलायतमा कार दुर्घटनामा परि मेजर राईको निधन

बेलायतमा कार दुर्घटनामा परि मेजर राईको निधन

काठमाडौं । बेलायतमा कार दुर्घटनामा परि एक नेपालीको दुःखद निधन...

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...