यो के सारो सहनै नसकिने सकस आयो
जस्तो कि गर्दै नगरेको कामको जस आयो
उभिएरै यात्रा गर्नुको हैरानी छ यो सहरमा
भनाइ कम्ता स्वादिलो छैन ‘ऊ बस आयो’
बाजले चिथोरेर घायल भएको परेवा सामु
भर्खरै स्यालबाट झारफुकको ढाडस आयो
जसको ज्वालाले जलाएथ्यो यी गाउँ सारा
खरानी उद्योग उद्घाटनमा त्यही पानस आयो
‘गल्ती सृष्टिमा छ कि दृष्टिमा’ सोध्यो कसैले
यसरी एउटा बाफिलो खालको बहस आयो ।
नुवाकोट, हाल तारकेश्वर न.पा.- २, काठमाण्डौ ।
वि.सं.२०७६ भदौ १४ शनिवार ०९:४४ मा प्रकाशित