back

कविता : हो आमा !

वि.सं.२०७६ भदौ १४ शनिवार

513 

shares
GLOBAL IME AD
NTC AD

आमा !
म त्यही छोरा हुँ,
जो हिजो सानो वालक लाग्थेँ तिमीलाई
सानै लाग्छु आज पनि तिमीलाई
तर,
समयले कोल्टे फेरी सकेछ,
स्थिति अर्कै बनिसकेछ,
म माथि जिम्मेवारी थपिई सकेछन्,
आशाका सपनाहरु भत्किसकेछन्,
खेल्ने खाने, लेख्ने पढ्ने मेरा समयहरु,
जिम्मेवारी बोकेर कुद्ने भैसकेछन्,
खै आमा ! के भनँु
म तिम्रा सपना पूरा गर्नेछु,
भारी वोकेर आशा र विश्वासको,
असल सन्तान बनेर देखाउनेछु ।

बुबालाई सुनाईदिनु आमा !
म व्यवाहार सम्माल्न नसकेको वालक छोरो
जिम्मेवारीबाट टाढा हुदाहुँदै,
जिम्मेवारी अझै थपिएको छोरो,
तनावमा खल्बलिएको मन मेरो,
हिजोका खराब सपनाबाट तर्सिएको थिएँ
जीउँदो लास बन्दै गएको म मा,
विस्तारै,
उज्यालो किरण थपिदै गएको छ
उत्साह थपिएको छ,
बल्ल जीवनको अर्थ
बुझ्न थालेको छु आमा,
उज्याला किरणहरुले मेरो मस्तिष्क
छुन थालेको छ आमा,
वाचा कसम छ तिमीलाई,
म अब अगाडि बढि सकेकोछु आमा,
म भाग्ने छैन जिम्मेवारीबाट,
म अब फर्कने छैन अतितका अँध्यारातिर,
गर्व गर्छु तिमीप्रति,
मलाई ुमु बन्ने बाटो खोलिदियौ,
मान्छे बनेर ज्युँउने छहारी दिलाइदियौ
हो आमा !
म जिम्मेवारी थपिएको कच्चा वालक हुँ
तर,
तिम्रा सपना पूरा गर्ने,
वाचा कसम वोकेको
तिम्रा सपना हुँ, आमा !
यर्थाथमा पुर्याउने तिम्रै छोरा हुँ ।

घट्टेकुलो, २९ काठमाण्डौं
मोबाइल नम्बर–९८६०७९९८०७

[email protected]

वि.सं.२०७६ भदौ १४ शनिवार ०९:५८ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु– ६ चुँदी, तनहुँ हाल चनपा ६ मातातीर्थ...

सुसेली

सुसेली

वासुदेव ठकुरी तारकेश्वर न.पा.–९, मनमैजु १ बिस्र्यो नभन तिमीलाई संझेर...

‎गजल

‎गजल

कुमार थापा, निजगढ, बारा ‎तिम्रै हुँ भन्छ्यौ प्रेयसी आधार खै...

गजल

गजल

धनसिंह गिरि, दाङ म लट्ठै छु देखेर तिम्रो जवानी छ...

गजल

गजल

तिलक ‘गाउँले’ तिलागुफा – ३, कालिकोट बनेकै हो बुबा प्यारो...

कविता : जिन्दगीका अवयवहरू

कविता : जिन्दगीका अवयवहरू

उत्तम विचार,टोखा, काठमाडौं कहरमै बित्यो लाग्छ जिन्दगी रहर पक्रिई भाग्छ...