back

कविता : युगको अन्तिम रात

वि.सं.२०७६ भदौ १४ शनिवार

234 

shares
RBB AD
NTC AD

युगको अन्तिम रात
अस्ताउनु अघि डाँडामा टुक्रुक्क बसेर
अन्तिम पटक विदाइको हात
हल्लाउनेछ घामले ।

उड्नु अघि एकैठाउँ भेला भएर
गाउनेछन् चराहरूले दुःख–सुखका गीत
पग्लनु अघि हिउँको शिरमा
बल्नेछ समयको अन्तिम आगो ।

जीवनको पल्लो छेउ पुग्न
हतार हुने छैन बतासलाई
सबै थकाई बिर्सिएर
चौतारीमा निस्केर सुस्ताउनेछ नदी
मन्दिरका ताला तोडेर
सडकमा निस्कनेछन् देउताहरू ।

युगको अन्तिम रात–
आँगनमा निस्किएर
खेल्ने छैनन् केटाकेटी
बन्द हुनेछ वृद्धवृद्धाको खोकी
अनि, रोकिनेछ भ्mयाउँकिरीको आवाज ।

रोगले ग्रस्त पृथ्वीलाई
छिचिमिराझैं भेला भएर मान्छेले
काखमा राखेर हल्लाउनेछन्
अन्तरीक्षबाट ओर्लेर
ताराहरूले सुम्सुम्याउनेछन्
र, हतासिंदै अन्तिम पटक चुम्बन गर्नेछ जूनले
पृथ्वीको मृत्यु हुनु अगावै
आत्महत्या गरिसकेको हुनेछ विज्ञानले ।

छोपेर अवसानको पर्दाले पृथ्वीलाई
काँधमा बोकेर
मलामी जाने मान्छेहरू हुने छैनन् अन्त्येष्टिमा
र, त्यही रातदेखि हुनेछ खोजी
मान्छेविहीन अर्को पृथ्वीको ।

वि.सं.२०७६ भदौ १४ शनिवार १०:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

वेद प्रसाद रिजाल, मङलबारे, इलाम तिमीलाई आफ्नै छु ठानेको मैले...

गजल

गजल

डा. घनश्याम परिश्रमी उनी को हुन् को ? छैनँ जानेको...

गजल

गजल

डिल्ली राज घिमिरे भूमिकास्थान – ९, अर्घाखाँची प्रिया तिम्रो आँचल...

गजल

गजल

सत्यराज जोशी ‘पङ्कज’ बेलौरी न.पा.१० शिवनगर, कञ्चनपुर थिएँ हेर्दै जुन...

गजल

गजल

स्वर्णशिखा, दाङ बुझेनौ कि क्या हो बखानेको मैले भन्यौ व्यङ्ग्य...

गजल

गजल

मिलनकुमार ढुङ्गाना, झापा उनी भन्छन् जम्मै छ जानेको मैले बुझेनन्...