back

कविता : मान्छे हुनुको अर्थ

वि.सं.२०७६ भदौ १४ शनिवार

561 

shares
GLOBAL IME AD
NTC AD

अचेल मान्छे, मान्छे कम
ज्यादा यान्त्रिक बन्दै गएको छ ।
त्यसैले त झ्याप्पै तात्तिन थालेको छ ।
जसरी तात्तिन्छ त्यसैगरी मान्छे
मात्तिन र आत्तिन पनि थालेको छ ।

अचेल मान्छे, मान्छे कम
ज्यादा पशु हुँदै गएको छ
त्यसैले त बुद्धि विवेक गुमाउदै गएको छ ।
जसरी बुद्धि विवेकहीन बनेको छ
त्यसैगरी मान्छेले
आफूलाई गाड्ने गहिरो खाडल
स्वयं आफैले खनेको छ ।

अचेल मान्छे, मान्छे कम
ज्यादा ब्याधा हुँदै गएको छ ।
त्यसैले त सिङ्गो मान्छे
आधा हुँदै गएको छ ।
जसरी ब्याधा भएसङ्गै
आधा भएको मान्छे
दिनप्रतिदिन खुनी हुँदै गएको छ ।
त्यसैगरी झन् बढी बैगुनी हुँदै गएको छ ।

अचेल मान्छे कोइली कम
ज्यादा काग बनेर कुर्लिन थालेको छ ।
अचेल मान्छे नदी कम
ज्यादा खहरे बनेर उर्लिन थालेको छ ।

यसरी मान्छे हुनुको अर्थ
अनर्थमा झरेसङ्गै
मान्छेबाटै मान्छेको अस्तित्व महासंकटमा परेको छ ।

वि.सं.२०७६ भदौ १४ शनिवार १०:१२ मा प्रकाशित

लघुकथा : ठगि धन्दा

लघुकथा : ठगि धन्दा

सुरेशकुमार पाण्डे, दाङ, घोराही- १८ ‘छोरी मान्छे न देख्या झैँ...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ नजरले पिएको छु प्यासी नभन्नू...

गजल

गजल

पद्मा रिजाल, नेपालगंज तिमीमै समर्पित छु दासी नभन्नू छ चोखो...

गजल

गजल

चन्द्रावती अधिकारी कोहलपुर, बाँके प्राण भर्ने ओखतीझैँ जिन्दगी होस् शान्त...

चारु

चारु

दिपक पनेरु,सागरनाथ, सर्लाही तिमीले आगो पानीमा किन लगाएर गयौ सुन्दरताको...

लघुकथा : शिक्षक र विद्यार्थी

लघुकथा : शिक्षक र विद्यार्थी

भूपाल अधिकारी,विराटनगर होयर‌‌‌‌ वाज बुद्ध बर्न ? अर्थात ‘बुद्ध कहाँ...