back

कविता : जिन्दगी यात्रा कि जात्रा

वि.सं.२०७६ भदौ १४ शनिवार

1.8K 

shares
NTC AD

६० लाख युवा विदेशीएका छन्
जिन्दगी यात्राजस्तो लाग्छ
हरेक दिन बाकसमा शव आउँछ
जिन्दगी जन्मेर मर्ने जात्रा जस्तो लाग्छ ।

पानी नेपालकै मीठो,
माटो नेपालकै सुगन्धित
जीवन नेपालमै रमाइलो
तर, काम छैन, दाम छैन
दाम नभएपछि आराम छैन
चिसो चुलो हे¥यो,
बालबालिकाको भोक देख्यो
बुढाबुढीको बिमारी कसरी सहनु
रोजगारी खोज्नै प¥यो
जहाँ पाइन्छ उतै दौडनै प¥यो
दौडदा लतारिनु छ, पछारिनु छ

जिन्दगी
अलिकति यात्रा जस्तो, धेरै जात्राजस्तो छ ।
मेरा भाइ बहिनीहरु
खाडी जाने लाइनमा छन्
पासपोर्ट लिँदा ठगिए
भिसा लिदा ठगिए
श्रम स्वीकृति लिदा ठगिए
एयरपोर्टको श्रम डेस्कमा ठगिए
दलालबाट ठगिए
कर्मचारीबाट ठगिए
सुरक्षाकर्मीबाट ठगिए
स्वास्थ्य परीक्षणमा ठगिए
मानौं ताजा माल हुन मेरा भाइबहिनीहरु
यता ठगिए, खाडी पुगेपछि ठगिए
एउटाले किन्यो, अर्कोलाई बेच्यो
तेश्रोले किन्यो चौथोलाई बेच्यो
नेपाली युवाको शरीर र श्रम

जवानी र यौन
मुस्ताङको चौंरी हो
आलो रगत जति पियो
उति सन्तुष्टि हुने ।

यसरी हेर्दा हाम्रो जीवन
यात्रा कम र जात्रा बढी हो ।
कोही तातो घाममा सेकिएका छन्
कोही झण्झटमा जेलिएका छन्
कति जेलमा सडेका छन्
कति सडकमा परेका छन्
कसले फर्काउने ती अवोध युवालाई

जीवन थाकेकाहरु बाकसमा आउँछन्
अझै बाँच्ने आशा राखेकाहरु
फर्कन सक्दैनन्
लौन सरकार, नागरिकतिर पनि हेर ।
तालुमा जिब्रो टाँसेकाहरु बोल,
आँखामा पट्टी बाँधेकाहरु हेर
कानमा कपास कोचेकाहरु सुन्
तराई रोइरहेछ, पहाड रोइरहेछ
घर घरका छटपटी हेर
समाज र देशको भविष्य हेर
र, केही त गर,
बुद्ध आँखा खोल न ।

वि.सं.२०७६ भदौ १४ शनिवार १०:१६ मा प्रकाशित

ADBL AD
‘झुम्री माईली दिदी’

‘झुम्री माईली दिदी’

बिहानै उठेर म टुक्सुक्क खाटमा नै बसे । त्यहाँबाट जुरुक्क...

कविता : इतिहास लेख्ने धोको

कविता : इतिहास लेख्ने धोको

सुशील रिजाल, किर्तिपुर, काठमाडौं धोको छ यौटा इतिहास लेख्ने प्राणी...

कविता : शरद्

कविता : शरद्

कलानिधि दाहाल, काठमाडौं बच्चो एक गरीबको अझ त्यहीँ भाँडाकुटी खेल्दछ...

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

मचिन्द्र खत्री, धरान, सुनसरी त्रित्रापंखीले जब शारदीय नीलो आकाश बिहानै...

कविता : जिज्ञासा

कविता : जिज्ञासा

बाबुराम न्यौपाने ‘उत्स,दमक, झापा हर्न निषेधित क्षेत्र भयंकर कोलाहलमा डुबेको...

गजल

गजल

स्वर्ण शिखा, दाङ यहाँ काम वास्तवमा कुराले सबै गर्छन् कसैले...