back

लघुकथा : पदको शक्ति

वि.सं.२०७६ भदौ १४ शनिवार

117 

shares

उमेरले जीवनका वैसालु वसन्तहरू पाखा लगाई सकेको वसन्तले लगभग दुई दर्जन जति पुस्तकहरू प्रकाशीत गराएको थियो । गीत, गजल, समीक्षा, समालोचना, कथा, कविता सबैमा राम्रै दखल भएको उसले साहित्य साधनामै जीवनका महत्वपूर्ण समय व्यतित गरेको थियो । तर उसलाई उसका घरपरिवार नातागोता वाहेकले चिनेजानेका थिएनन् । सभा सम्मेलनमा कसैले वास्ता गर्दैनथे । संचार माध्यममा त उसको पहुँच थिएन । सबैको कारण ऊ आफै थियो, स्थानीय सेरेफेरो बाहेक ऊ कसैकोमा चाकरी चाप्लुसी गर्न गएको थिएन, चर्चा र स्वः विज्ञापनमा उसले ध्यानै दिएन । पाठकहरूले उसका कृतिहरू पढेनन् कि पढेर पनि चिनेनन् ? वसन्त बेखबर थियो । समाजका गतिविधिलाई नजिकबाट नियाल्ने, मूल्याङ्कन विश्लेषण गर्ने र साहित्य सिर्जनामा वास्तविकता र सामाजिक परिवर्तनयोग्य शिक्षामूलक विषयलाई प्रस्तुत गर्ने गथ्र्यो ऊ । कतिपय पुस्तक त कर्जा लिएरै छपाएको थियो उसले, सिर्जना समाज उपयोगी छ भन्ठानेर । विभिन्न पुस्तकालय, विद्यालय, महाविद्यालयमा आफै पुगेर पुस्तकहरू दिनेसम्म चाहिँ गरेकै थियो, वसन्तले । तर पनि चर्चा विहिन मात्र होइन परिचय विहिन थियो ऊ ।

समय र कालखण्ड अलि परिवर्तन भयो । स्वार्थ पूरा नभएमा पार्टी फुटाउने र सरकार गिराउने सम्मका काम गर्ने हाम्रो देशमा अस्थिर सरकारको त पहिचानै बनेको छ । सत्ताको हिस्सा नपाएको निहुँमा वसन्तका जेठानले नेतृत्व गरेको पार्टी पनि विभाजन भयो । जेठान राष्ट्रिय अध्यक्ष बने, ‘परिवार दल नेपाल’ पार्टीको नाम रह्यो । वसन्तको जिल्ला सुनौलीपुरमा पार्टीको जिम्मा लिने कोही योग्य मान्छे नभएकाले जेठानको अनुरोधमा उनी राजधानी जस्तो जिल्लाको पार्टी अध्यक्ष बने । फेरि सरकार ढल्यो, सत्ता समिकरणको कुरा उठ्यो । परिवार दलका तीन जना मात्र सभासद भए पनि मन्त्रीपरिषद्मा दुई सीट हात प¥यो । जेठान दाईले दुवै हातमा लड्डु पार्ने दाउमा ज्वाईँलाई पनि मन्त्री पदको सिफारिस गरे ।

वसन्त शर्मा विना विभागीय मन्त्री बने । पत्रपत्रिकाले उनको बायोग्राफी खुबैसँग छापे, साहित्यिक कृति र योगदानको अत्याधिक चर्चा गरे । विद्युतीय संचार माध्यमले पनि उसको धेरै अन्तर्वार्ता प्रशारण गरे । उनका कृति र सिर्जना माथि समीक्षा समालोचना लेख्नेहरूको ताँती नै लाग्यो । वसन्त धेरै संघसंस्थाबाट सम्मानित र पुरस्कृत हुन थाल्यो । देशका विद्वान्, प्राज्ञ र समर्पित स्रष्टा ‘वसन्त शर्मा’ भनेर उसको चर्चा, परिचर्चा र अन्तरक्रिया समेत भए । आफन्त र नातेदारले मात्र चिनेका वसन्तलाई समाजले, राष्ट्रले, पाठकले, संचारमाध्यमले अनि अन्तर्राष्ट्रिय जगतले समेत चिन्न थाले ।

साहित्यकार वसन्त छट्पटिए । साहित्यिक योगदानलाई भन्दा बढी यो समाजले पदलाई चिन्दो र मान्दो रहेछ, अबको केही दिनमा फेरि पनि यो सरकार ढल्दै छ, सरकार फेरबदल हुन्छ, मेरो पद पनि जान्छ । त्यतिबेला मेरो चर्चा के हुने होला ? मेरो अस्तित्व के रहला ? जतिबेला म मन्त्री रहन्न । वसन्त सपनामै बरबराउन थाल्छ, साहित्यिक साधकको जीन्दगी भोगेर ।

neupanerajan185@gmail.com

Mobile no.-9851059950

Ghattekulo-29,Kathmandu

वि.सं.२०७६ भदौ १४ शनिवार १०:२० मा प्रकाशित

कोपिला

कोपिला

केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चोक, गोरखा १. विकृति फैलिएर गयो राजनीति...

लघुकथा : घृणा र प्रेम

लघुकथा : घृणा र प्रेम

कल्पना भण्डारी सिन्धुपाल्चोक, हाल - काठमाडौं ‘गौरी दिदी भोलि त...

कोपिला\डाली

कोपिला\डाली

गणेश लोहनी, चितवन हाल काठमाडौं १ साधनाले सिद्धि मिल्यो ध्यान...

कथा : दानी

कथा : दानी

बाढीपीडितका लागी चन्दा संकलन भैरहेको थियो । केही जनसेवकहरूले संगित...

मुक्तक

मुक्तक

रुद्र अधिकारी, विशालनगर, काठमाडौँ १. अँध्यारोमै राख्ने अन्धकारलाई हेर्नु पर्छ...

लघुकथा : अभुक्त

लघुकथा : अभुक्त

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बुढा खै !...