back

कविता : अन्त्यको संखघोष

वि.सं.२०७६ भदौ १४ शनिवार

222 

shares
RBB AD
NTC AD

मिचिदै गएको चार कुने घेरा भित्र
साँघुरिदै छ
मान्छे-मन-मस्तिष्क

साँघुरिएको मान्छे,
बन्दुकको नालभित्र सजिलै अटाउँछ
र त्यो मान्छे अर्को मान्छेको छाँतिमा गोली बनेर
बर्षन्छ
अनि, मैदान साँघुरिन्छ, लाशको कोचाकोच मात्र बाँकी ।

साँघुरिएको मन
एक झोक्का हावासँगै उडेर
सडक÷नारा÷जुलुसको
कोलाहलभित्र रुमलिन्छ
साँघुरिएको मस्तिष्क
सीमाभन्दा पर
शक्तिका केन्द्रहरुमा
गोटि बनी खिइएको हुन्छ ।

यहाँ हरेक दिन
घर साँघुरिएको छ
र त, अर्कोलाई खेद्न एउटा
पल्लो कोठामा षडयन्त्र रच्छ ।

खेत साँघुरिएको छ
साँघुरिएको छ आगन
त्यही आगनाम नाच्ने
केटाकेटीको आमाको
महानाता पनि साँँघुरिएको छ

भोको पेटले छाँति नभरिएपछि
आमाको मन साँघुरिने नै भयो
लाम्टो स्तन हारालुछी गर्ने सन्तानप्रति
आमाको माया साँघुरिने नै भयो

मन साँघुरिए पछि, माया साँघुरिएपछि
महानता साँघुरिन्छ नै,
महानता साँघुरिएपछि
आमाले पनि सन्तानमाथि
थरथराउँदै मुत्यू वर्षाउने नै भइन्
र आफु पनि त्यही वषाँ भित्र
चीर निद्रा निदाउन सक्ने भइन्
अखवारभरि गरिवीको समाचार छरेर

यौवन साँघुरिएर यहाँ
क्रिमी अनुहार र आधा टालोमा अटाएको छ
साँझ किंगस वेको झिलमिलमा बल्छन् ती
विलासी आँखाहरुलाई लोभ्याउँदै

यहाँ जोस, जाँगर र आशा साँघुरिएर
कतै भट्टिभित्र रक्सीको गीलासमा
तैरिन्छन्,
कतै क्यारामवोर्डको दुलोभित्र पस्छन्
जिउनुको नाममा मर्ने आशाका डोबहरु छोड्दै

यसरी नै सबथोक साँघुरिदै छ यहाँ
एउटा विभत्स अन्त्यको संखघोष…

वि.सं.२०७६ भदौ १४ शनिवार १०:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
साहित्यकार रिजालको एकल कविता वाचन सम्पन्न

साहित्यकार रिजालको एकल कविता वाचन सम्पन्न

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित एकल कवितावाचन...

कविता : दरबार बाहिरको राजा

कविता : दरबार बाहिरको राजा

उदय अतीत (स्याङ्जा) सिंहासन छैन, तर आत्मा विशाल छ, मुकुट...

समय, पात्र र सत्य, सत्ता सङ्घर्ष

समय, पात्र र सत्य, सत्ता सङ्घर्ष

नेपालमा लोकतन्त्र भन्ने शब्द २०६२/०६३ को जनआन्दोलनसँग जोडिएर बढी प्रयोगमा...

कविता : पत्नी विनाको घर

कविता : पत्नी विनाको घर

कल्पना अधिकारी भट्टराई, काठमाडौं झुक्याएर भइन् तिरोहित प्रिया एक्लो भयो...

सुसेली

सुसेली

डा. ठाकुर मोहन श्रेष्ठ,काठमाडौं  हाम्रा सौरभ सहासिक गोर्खाली साझा गौरब...

कविता : खुम्रे कीराजस्तो

कविता : खुम्रे कीराजस्तो

निम्बतरु, अर्घाखाँची चाहिने जो जिन्दगीमा के छ ? भएभरको सप्पै...