back

कविता : पाठेघर

वि.सं.२०७६ भदौ १४ शनिवार

372 

shares
RBB AD
NTC AD

एउटा मिठो सृष्टि धूनको स्रोत
मेरो पाठेघर ।

जूनको पेटले जति शीतल अनुभूित दिन्छ
त्योभन्दा मिठो आनन्द मेरो पाठेघरले दिन्छ
नदीको मुहानको शक्तिभन्दा उँचो वैभव छर्छ
जूनहरू÷फूलहरूको ब्याड
उम्रन्छन्, बढ्छन्, फुल्छन्, खुल्छन्
र सजाउँछन् व्रह्माण्ड बगँैचा ।

जूनको बीज छर्नुस्
जूनै उम्रन्छ
फूलको बीज छर्नुस्
फूलै उम्रन्छ
पहाड, खोला, नदी, चट्टान
मरूभूमी जे जे छर्नुस्
तिनै तिनै उम्रन्छन् ।

आउनुहोस्
सुनाखरी भएर
बाँस भएर
गुराँस भएर
अथवा
काँडा भएर
आँधी–हुरी भएर
बिष भएर
धर्म नछोडी आउन’ुस्
कर्म गर्नुस्
आ–आफ्नो सौन्दर्य नभत्किने गरी
अस्तित्व बचाएर जानुस्
बाँच्नलाई प्रशस्त ठाउँ छ
जस्तो रूखको बोक्रा, भिर, चिस्यान जमिन, बगर, मैदान आदि ।

मेरो पाठेघरको हृदयको सम्बन्ध
पानीले भरिएको कुलोसँग
अनेकन वनस्पतिको फल बियाँ छर्ने
घना जङ्गलसित छ
अक्सिजन फालिरहने रूखहरू
विरूवाको तीन पातहरू
तुलसीका झ्याङहरूसित छ
पाखोबारीको निधार टलक्कै टल्काउने खडेरीसित
फूलहरूको परागशेचन गराइदिने हावा÷भमराहरूसित
यिनीहरूभन्दा बढ्तै तिमीसित छ ।

तिम्रो आँखामा बसेको मेरो छाँया पन्छाएर पश्चिम बहन्छौ
यहाँ अँध्यारो हुन्छ
फेरि मुहारमा कलिलो कान्ति बोकेर झुल्कन्छौ
म उज्यालो भएर खुल्छु
उता अँध्यारो हुन्छ
तिम्रो उपस्थितिको महत्व यही नै स्पष्ट हुन्छ ।

मेरो अनुपस्थितिमा
कुनै फूलप्रति प्रेम जम्यो भने
सुख भेट बनेर बाँचिरहोस्
विधिसङ्गत
पिरतीमा रुझेर टक्टकिनु त आखिर
मसित नै हो ।

दौडेर टाढा÷पर पुग
थाकेर रोकिने बिन्दु यहीँ हो
उफ्रिएर आकाश छोऊ
झरेर टेक्ने यही हो
रिसाएर रातो पिरो बन
धुम्म पर
अझै खुट्टा चलाऊ
हात नचाऊ
सके खुकुरी उठाऊ
यी त कमै हुन्
खग्रास, वलय ग्रहण त खेपेकै छ यो माटोले
ज्वालामुखी पचाएकै छ यो माटोले
धर्ती अजिवको छ ।

यो धर्ती
मेरो पाठेघरको विस्तृत रूप हो ।।

वि.सं.२०७६ भदौ १४ शनिवार १०:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

वेद प्रसाद रिजाल, मङलबारे, इलाम तिमीलाई आफ्नै छु ठानेको मैले...

गजल

गजल

डा. घनश्याम परिश्रमी उनी को हुन् को ? छैनँ जानेको...

गजल

गजल

डिल्ली राज घिमिरे भूमिकास्थान – ९, अर्घाखाँची प्रिया तिम्रो आँचल...

गजल

गजल

सत्यराज जोशी ‘पङ्कज’ बेलौरी न.पा.१० शिवनगर, कञ्चनपुर थिएँ हेर्दै जुन...

गजल

गजल

स्वर्णशिखा, दाङ बुझेनौ कि क्या हो बखानेको मैले भन्यौ व्यङ्ग्य...

गजल

गजल

मिलनकुमार ढुङ्गाना, झापा उनी भन्छन् जम्मै छ जानेको मैले बुझेनन्...