back

विषादी विरुद्धको अभियानमा म्याग्दीका स्थानीय निकायहरु

वि.सं.२०७६ भदौ १४ शनिवार

60 

shares

१४ भदौ, म्याग्दी । म्याग्दीका स्थानीय तहले विषादी विरुद्धको अभियान शुरु गरेका छन् । विषादीयुक्त भारतीय तरकारीको आयात नियन्त्रणमा चुनौती भइरहेका बेला म्याग्दीका स्थानीय तहले आआफ्नो क्षेत्रका कृषकलाई अर्र्गानिक तरकारी उत्पादनका लागि प्रोत्साहन गर्ने नीति लिएका छन् ।

म्याग्दीका ६ स्थानीय तहमध्ये चार वटाले रासायनिक मल र विषादीको प्रयोग नियन्त्रण र न्यूनीकरणलाई नीति तथा कार्यक्रममा नै समावेश गरेर विषादीरहित तरकारी र फलफूल उत्पादन गर्ने कृषकलाई विशेष प्रोत्साहनको समेत व्यवस्था गरेका छन् । मङ्गला गाउँपालिकाले विषादी शून्य अभियान नै सञ्चालन गरेर तरकारी र फलफूलमा मात्रै होइन खाद्यान्न बालीमा समेत रासायिनक मल, विषादी र औषधिको वहिष्कार गर्दै मानव मूत्रको प्रयोग थालेको छ । त्यसका लागि सार्वजनिक स्थान, विद्यालयलगायत कृषकले घरघरमा मूत्र सङ्कलनका लागि भाँडाहरु राख्ने र मूत्र सङ्कलन गर्न अनूकुल हुने खालका शौचालयसमेत निर्माण गरेका मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

त्यसैगरी अन्नपूर्ण र घुगङ्गा, मालिका र बेनी नगरपालिकाका केही वडाले पनि अर्गा्निक उत्पादन अभियान शुरु गरेका छन् । तरकारी तथा फलफूलमा हुने रासायनिक विषादीले मानव स्वास्थ्य तथा पर्यावरणमा नकारात्मक असर पु¥याउने ठहर गरी म्याग्दीका विभिन्न स्थानीय तहले यसको उपयोगमा समेत कडाई गरेका हुन् ।

विषादीमुक्त स्थानीय तह बनाइँदै म्याग्दीको मङ्गला गाउँपालिकाले दुई वर्षमा गाउँपालिकालाई नै रासायनिक मल र विषादीमुक्त बनाउन भन्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । मङ्गलाले गत वर्षदेखि नै कृषि प्रणालीलाई रासायनिक मल र विषादीमुक्त बनाउने अभियान सञ्चालन गर्दै आएको हो ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले रासायनिक मल तथा विषादीको विकल्पको रुपमा उपयोग हुने जैविक मल र विषादीको उत्पादनका लागि किसानलाई सहयोग गर्दै आएको बताए । । यसैगरी अन्नपूर्ण गाउँपालिकाले पनि विषादी रहित उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर कृषकलाई अनुदान र सामग्री सहयोग गर्ने भएको छ ।

उता मालिका गाउँपालिकाले वडा नं ७ मा पर्ने बिम गाउँलाई पूर्ण अर्गा्निक उत्पादनको गाउँ घोषणा गरेको छ । विममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयका प्रमुख करन कँडेलले शिक्षालयमा अध्ययनरत् विद्यार्थीलाई अर्गा्निक उत्पादनको आधुनिक तरिका, प्रयोगात्मक विधि र प्राङ्गारिक मल उत्पादनका विषयमा विशेष कक्षाको नै व्यवस्था गरिएको जानकारी दिए । बिममा जेटिए, आइएससी (एजी) तीन वर्षे बाली विज्ञान र पशु विज्ञानको पढाइ हुँदै आएको छ । रासायनिक मलको विकल्पका रुपमा उपयोग गर्न सकिने जैविक मल र विषादी उत्पादनका लागि किसानलाई तालीमसमेत प्रदान गरिएको उनले बताए ।

त्यसैगरी रघुगङ्गा गाउँपालिकाले खेतबारीदेखि भान्सासम्ममा रासायनिक मल र विषादीको प्रयोगलाई न्यूनीकरण गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । यहि नीतिअनुसार गाउँपालिकाले जैविक ढङ्गबाट कृषि उपज उत्पादनका लागि कृषकलाई विशेष सहुलियत प्रदान गर्न लागिएको अध्यक्ष भण्डारीले जानकारी दिए । bरासस

वि.सं.२०७६ भदौ १४ शनिवार १७:०७ मा प्रकाशित

पर्वतको एक पालिकाले उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई अनुदान दिने

पर्वतको एक पालिकाले उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई अनुदान दिने

पर्वत । पशुपालनका माध्यमबाट गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले पर्वतको विहादी...

विचौलिया विना देवघाटका सुन्तला  काठमाडौं  ल्याउने महानगरको भनाई

विचौलिया विना देवघाटका सुन्तला काठमाडौं ल्याउने महानगरको भनाई

मिला दरै, डुम्रे (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका–१, २, ३...

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

गलेश्वर (म्याग्दी) । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर...

करेन्ट लाग्ने डरले सुन्तला बगैँचामा पस्दैनन् दोसल्लेवासी

करेन्ट लाग्ने डरले सुन्तला बगैँचामा पस्दैनन् दोसल्लेवासी

  म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ दोसल्लेका प्रेम पाइजा बगैँचामा...

गाउँमा करोडौँको सुन्तला फले पनि बाटो अभावका कारण  बजार पुर्याउन गाह्रो

गाउँमा करोडौँको सुन्तला फले पनि बाटो अभावका कारण बजार पुर्याउन गाह्रो

मिला दरै, डुम्रे (तनहुँ) । तनहुँको कर्णालीका रुपमा देवघाटका ग्रामीण...

बजार नपाएपछि बारीमै कुहिन थाल्यो किसानका गोलभेँडा

बजार नपाएपछि बारीमै कुहिन थाल्यो किसानका गोलभेँडा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री...