back

कृषिजन्य वस्तुको निर्यात घट्दो

वि.सं.२०७६ भदौ १४ शनिवार

24 

shares

नेपालबाट निर्यात हुने कृषिजन्य वस्तु घटेको देखिएको छ । नेपालबाट भारतसहित तेस्रो मुलुक निर्यात हुने मुख्य गरी अलैँची, अदुवा र चियाको परिमाण घटेको एक तथ्याङ्कले देखाएको छ ।


व्यापार तथा निकासी प्रवद्र्धन बोर्डका अनुसार नेपालबाट सबैभन्दा बढी विदेश निर्यात हुने अदुवाको परिमाण ह्वात्तै घटेको देखिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा दुई करोड ३१ लाख २२ हजार ५९३ किलो अदुवा निर्यात भएकामा गएको आर्थिक वर्ष २०७५÷०७६ मा एक करोड ४९ लाख १९ हजार एक सय ९५ किलो मात्र निर्यात भएको देखिएको छ ।

तथ्याङ्क हेर्दा अघिल्लो आवभन्दा गत आवमा ३५ दशमलव ४७ प्रतिशतले अदुवा निर्यात घटेको देखिन्छ । यस्तै, अदुवाको परिमाण मात्र नभई अदुवाबाट प्राप्त आम्दानीसमेत गत आवमा घटेको तथ्याङ्कले देखाउँछ । आव २०४÷०७५ मा रु ७७ करोड २४ लाख ७५ हजारको अदुवा निर्यात भएकामा गत आवमा रु ५१ करोड २२ लाख ९६ हजार बराबरको मात्र अदुवा निर्यात भएको तथ्याङ्कले देखाउँछ ।
यस्तै, नेपालबाट निकासी हुने अर्को कृषिजन्य वस्तु अलैँचीको परिमाण पनि घटेको तथ्याङ्कले देखाउँछ । अघिल्लो आव (०७४÷०७५)मा ५४ लाख दुई हजार ११ किलो निर्यात भएकामा गत आव (०७५÷०७६)मा ५२ लाख ४० हजार ३२९ किलो अलैँची निर्यात भएको व्यापार तथा निकासी निर्यात प्रवद्र्धन शाखाले जनाएको छ ।

अघिल्लो आव (०७४÷०७५)मा अलैँचीको रु चार अर्ब ८४ करोड ९१ लाख ५५ हजार आम्दानी भएकामा गत आवमा रु चार अर्ब २८ करोड ४१ लख ९९ हजारको मात्र आम्दानी भएको पाइएको छ । यसरी हेर्दा आवमध्ये गत आवमा ११ दशमलव ६५ प्रतिशतले अलँैचीबाट प्राप्त हुने आम्दानी घटेको देखिन्छ । यस्तै, प्रवद्र्धन शाखाको तथ्याङ्कअनुसार गत आवमा चियाको परिमाण र आम्दानीसमेत घटेको देखिन्छ । आव २०७४÷७५ कोभन्दा २०७५÷७६ मा एक दशमलव पाँच प्रतिशतले घटेको देखिन्छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्गअनुसार आव २०७४÷७५ मा एक करोड ५६ लाख ८४ हजार ५४४ किलो चिया निर्यात भएकामा गत आव २०७५÷७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ किलो निर्यात भएको तथ्याङ्कले देखाउँछ । यसरी हेर्दा गत आवमा ६४ हजार ७४८ किलो चिया निकासी कम भएको देखिन्छ ।

वि.सं.२०७६ भदौ १४ शनिवार १७:१६ मा प्रकाशित

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...

थारु समुदायको इतिहास र लोक संस्कृतिलाई यसरी संरक्षण गर्दैछन् मित्थु

थारु समुदायको इतिहास र लोक संस्कृतिलाई यसरी संरक्षण गर्दैछन् मित्थु

जानकी (बाँके) । मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको...

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, कुन देशबाट बढी पर्यटक आए ?

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, कुन देशबाट बढी पर्यटक आए ?

काठमाडौँ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी...

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

काठमाडौँ । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि...

केही तत्वहरु राजतन्त्र फर्काउन सक्रिय छन्-अध्यक्ष ओली

केही तत्वहरु राजतन्त्र फर्काउन सक्रिय छन्-अध्यक्ष ओली

डडेल्धुरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत...

किसानको गुनासो-कफीले प्रतिफल दिएन

किसानको गुनासो-कफीले प्रतिफल दिएन

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता...