back

लोकन्थलीमा पुनःपहिरो, सडक भासियो, ६ घर उच्च जोखिममा

वि.सं.२०७६ भदौ १५ आइतवार

255 

shares
RBB AD
NTC AD

१५ भदौ, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आज बिहान पुनःपहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै ६ घर उच्च जोखिममा परेको छ ।

मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामका प्रयास भएपनि त्यस स्थानमा पुनःपहिरो गएको हो ।

पानीट्याङ्की निर्माणका लागि खाडल खन्दा ३ गते राति पहिरो जाँदा १६ फिट चौडाइ रहेको करीब ४० मिटर कालोपत्र सडक पूरै बगाउँदा यहाँका यातायात अवरुद्ध भएको थियो भने अहिले थप सडकमा क्षति पुग्ने जोखिममा रहेको छ ।

पहिरोले स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घरलाई उच्च जोखिममा पारेको हो । पहिरो दुई वटा घरको जगमा पुगेको छ भने ती घरका सामान अन्यत्र सार्नुका साथै बासिन्दासमेत अन्यत्र बसी घर खाली गरेको छ ।

खानेपानी समस्या समाधान गर्न सरकारको रु एक करोड ३२ लाखको लागतमा वडा नं १ को भिरालो सार्वजनिक जग्गामा पाँच लाख लिटर क्षमताको ट्याङ्की बनाउने क्रममा पहिरो गएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए ।

३ गतेको पहिरोमा चर्काएको ठाउँमा पहिरो रोकथामको प्रयास भइरहँदा त्यससँगै पश्चिमतर्फ पनि आज पुनःपहिरो गएको उनले जानकारी दिए। यहाँका घर र पूर्व तथा पश्चिमको कालोपत्र सडकसमेत पहिरोमा भासिने जोखिममा रहेको बताउँदै उनले ३ गते भएको सहमतिअनुसार तत्कालै संरक्षणमा नलागे ठूलो जोखिम व्यहोर्नुपर्ने बताए।

३ गते पहिरो गएको ठाउँमा पहिरो रोकथामका लागि मध्यपुरथिमि नगरपालिकाले टेवा पर्खाल लगाउन शुरु गरे पनि अर्को ठाउँबाट पुनः पहिरो जान थालेको हो ।

वि.सं.२०७६ भदौ १५ आइतवार ०८:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय...

आगलागीबाट डेल्टा कम्प्लेक्सको ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

आगलागीबाट डेल्टा कम्प्लेक्सको ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

लुम्बिनी । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार...

वाग्द्वारमा नित्य पूजा गर्दै आएका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति

वाग्द्वारमा नित्य पूजा गर्दै आएका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति

काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीको मुहानस्थल वाग्द्वार...

आयुर्वेद चिकित्सालयद्वारा सेवा विस्तार

आयुर्वेद चिकित्सालयद्वारा सेवा विस्तार

चितवन । बागमती प्रदेश सरकारअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरले...

नलिञ्चोकमा हेलिप्याड सञ्चालन

नलिञ्चोकमा हेलिप्याड सञ्चालन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने...

त्रिविको जग्गा खोजबिन समितिद्वारा कार्यारम्भ

त्रिविको जग्गा खोजबिन समितिद्वारा कार्यारम्भ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा तथा सम्पत्ति खोजबिन...