back

एउटा भेडा मार्न १२ लाख ५ हजार !

वि.सं.२०७६ भदौ १५ आइतवार

2K 

shares
RBB AD
NTC AD

१५ भदौ, काठमाडौँ । शीर्षक पढेर तपाईले अचम्म मान्नुभएको होला ! एउटा भेडाको मूल्य यति साह्रो महङ्गो त नहुनुपर्ने ! तपाईलाई अचम्म लाग्नु स्वभाविक पनि हो । तपाईलाई लाग्ला समाचार लेख्दा शीर्षकमै गल्ती पो भयो कि ? होइन समाचार लेख्दा गल्ती भएको होइन ।

यो समाचार हो नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा सिकार खेलेबापत सिकारीले सरकारलाई तिर्नुपर्ने महसुलको । विश्वभरका साहसिक सिकारीको गन्तव्य मानिएको ढोरपाटनमा यसपटकको असोज –मङ्सिर सिजनको सिकारको मौसम सुरु भएको छ ।

असोज मङ्सिर सिजनका लागि एउटा गोली पड्काएर एउटा नाउर(जंगली भेडा) मार्न सिकारीहरुले १२ लाख ५ हजार रूपैयाँ महसुुल बुझाएका छन् । त्यस्तै झारलका लागि ९ लाख २० हजार रूपैयाँ बुझाएका छन् । चालु सिजनमा १० नाउर र ६ झारलको सिकार अनुमति दिइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णु प्रसाद श्रेष्ठले बताएका छन् ।

असाध्यै विकट मानिएको ढुङ्गेभिरमा बस्ने नाउर अत्यन्तै आक्रामक प्राणी मानिन्छ । सिकारीले एउटा नाउर वा झारल मार्न एक गोली मात्रै पड्कन पाउँछन् । गोली मिस भए सिकारीले नाउर र झारलको सिकार गर्न आर्काे सिजन पर्खनु पर्छ ।

वि.सं.२०७६ भदौ १५ आइतवार ११:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
यी हुन् सक्छन् स्थानीय तहको विकासका लागि प्राथमिकताका क्षेत्रहरू ?

यी हुन् सक्छन् स्थानीय तहको विकासका लागि प्राथमिकताका क्षेत्रहरू ?

नेत्र सुवेदी ‘प्रयास’ काठमाडौँ । असारको पहिलो हप्ता भएको हुँदा...

यसकारण घट्यो कुलेखानीमा जलविद्युत् उत्पादन

यसकारण घट्यो कुलेखानीमा जलविद्युत् उत्पादन

हेटौँडा । मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६०...

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईको एटिएम सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईको एटिएम सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा...

द्वन्द्वमा बलात्कृत महिलाहरूको स्वास्थ्य अवस्था भयावह 

द्वन्द्वमा बलात्कृत महिलाहरूको स्वास्थ्य अवस्था भयावह 

काठमाडौँ । द्वन्द्वमा बलात्कारपीडित महिलाहरूको स्वास्थ्य अवस्था भयावह देखिएको छ...

कालिका मन्दिर : जेठ महिनामा सबैभन्दा कम भेटी सङ्कलन

कालिका मन्दिर : जेठ महिनामा सबैभन्दा कम भेटी सङ्कलन

गलकोट (बागलुङ) । नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती...