
१५ भाद्र, काठमाडौँ । भारत र वेस्टइंडीज बिचको दोस्रो टेस्टमा पहिले वेस्टइंडीजले टस जित्दै बलिङ रोजेको थियो ।
पहिले ब्याटिङ गर्न आएको भारतले आफ्नो पहिलो विकेट केएल राहुलको रुपमा ३२ रनमा गुमायो । त्यसपछि आएका पुजरा पनि सस्तैमा आउट भएका थिए । त्यसपछि ब्याटिङमा विराट कोइली आए । कोइली र मयंकले राम्रो साझेदारी निभाए । मयंकले आफ्नो अर्धसतक पूरा गरेपछि उनि आउट हुन पुगे । त्यसपछि विराट कोइलीले पनि आफ्नो अर्धसतक बनाए । उनले आफ्नो अर्धसतकलाई सतकमा भने परिवर्तन गर्न सकेनन् । उनि ७६ रनमा आउट भएका थिए ।
त्यसपछि हनुमा विराहीले राम्रो परि खेले । उनले आफ्नो टेस्ट करियरको पहिले सतक बनाए । उनले २२५ बल खेल्दै १११ रन बनाए । भारतका इशान्त शर्माले पनि आफ्नो टेस्ट करियरको पहिलो अर्धसतक बनाए । भारतले आफ्नो पहिलो इंनिगमा १४०.१ ओभर खेल्दै ४१६ रनमा अल आउट भयो । वेस्टइडिजका लागि बलिङमा जेशन होलडरले ५ विकेट हात पारे । वेस्टइडिजका लागि डेब्यु गरेका कर्नवालले पनि ३ विकेट हात पारे । त्यसपछि ब्याटिङ्ग गर्न आएको वेस्टइंडीजले राम्रो सुरुवात गर्न सकेन ।
वेस्टइडिजले आफ्नो ५ विकेट ३२ रनमै गुमाउन पुग्यो । दोस्रो दिनको अन्तिममा वेस्टइडिज स्कोर ८७ रनमा ७ विकेट छ । भारतका लागि बलिङमा भने बुमराहले ६ विकेट हात पारेका छन् । उनले ज्बत(तचष्अप पनि लिए । उनि भारतका लागि टेस्ट क्रिकेटमा ज्बत(तचष्अप लिने तेस्रो खेलाडी बनेका छन् । वेस्टइंडीज अझै ३२९ पछाडि रहेको छ । (सुदिप कार्की)
वि.सं.२०७६ भदौ १५ आइतवार ११:१२ मा प्रकाशित