एक जमाना खुब बज्द्थ्यो हिन्दि सिनेमा ‘हिरो नम्बर वानको’ एउटा गीत काठमाडौँमा । त्यतिबेला लाग्दथ्यो । ‘तु मेरा तु मेरा हेरो नम्बर वानु वाहेक बज्ने अरु गीत नै छैनन् । भर्खर खुलेका एफ एमका गीती कार्यक्रममा उक्त गीत नबजे कार्यक्रम नै अलिनो र खल्लो हुन्छ भन्ठान्थे त्यति बेलाका आरजेहरुले । सार्वजनिक सवारीमा त उक्त गीत नबजाई गाडि नै स्टार्ट हुदैनथ्यो जस्तो लाग्थ्यो त्यो, बेला ।
वेला वेला काठमाण्डौलाई खुब हावा लाग्छ । उ बेला ‘अन्दर कितने सर्दी बाहर कितने गर्मी हे’ को गुनगुनाईमा पिपलपात झैँ मर्किदै हिड्थ्यो काठमाडौं । अहिले समय परिवर्तन भएर होला यो गीत बजेको सुनिदैन । वरु त्यहि गीत जस्तै ‘भाइरल’ छ, ‘संविधान संसोधन’ भन्ने सब्दावली । गल्लीका चिया पसल देखी, दरवारमार्गका पाँच तारे होटेल होउन या अखवारका पाना देखी सामाजिक संजालका भित्ताहरु जता पनि खुब भाइरल छ यो सब्दावली ।
संविधान संसोधनको ‘लिडवोल’ मा अरु थुप्रै गेडाहरु पनि साथसाथै छन् । जसरी ‘तु मेरा हिरो नम्बर वानको’को मिठो गेडाको रुपमा ‘अन्दर कित नि सर्दी हे, वाहर कितनि गर्मी हे’ उनिएर आएको थियो, त्यसरी ‘संविधान संसोधनको लीडवोल’ भित्र अंगिकृत नागरिता र प्रदेश को सीमांकनमा हरेहरे जस्ता गेडा खुब मिहिन गरेर उनिएको छ ।
श्रष्टाले खुब मिहेनत गरेर सृजना गरेकोले होलान् र त अहिले काठमाडौँ संविधान संसोधनमय भएको छ । नयाँ पुस्ताको शव्द सापटी लिने हो भने संबिधान संसोधन अहिले भाइरल छ । दक्षिणतिर बाट काठमाडौँ छिरेको यो सव्दावालीले काठमाडौँलाई तताएको छ । मौसमले चिसिदै गएको काठमाडौँ दक्षिणतिर बाट बग्दै आएको तातो ‘लुु’ ले खुब हतप्रभ समेत देखिन्छ ।
केहि मान्क्षेहरु दक्षिणी वायुको तातोले खुब अल्हादित भएका छन् । नहोउन पनि किन यो चिसिदै र धुम्मीदै गरेको काठमाडौँमा दक्षिणी वायुको रापले उष्णता सृजना गरेको छ । महँगो ज्याकेट लगाएर चिसोबाट जोगिनु पर्ने बेला प्राप्त न्यानोले खुब पुल्काएको छ सिंहदरवार, बालुवाटार र पुल्चोकलाई । यही बेमौसमी न्यानोमा हात सेकेर सिंगदरवारवासीले आफ्नो स्थायित्व खोजेका छन् । देसका कूल जनप्रतिनिधिको ९२ प्रतिसत प्रतिनिधिहरुको लाल मोहोर ८ प्रतिसत्का अगाडी रद्दीको खोष्टा बनाउने गरि स्वयं लाल मोहोर ठोक्नेहरु ज्यान फालेर लागेका छन् । हुन त उनीहरुलाई पनि सुख छैन, साधारण मान्छेले पनि बुझेकै छौं । गीतले झैं अन्दर र बाहरको गर्मी सर्दी नामिल्दाको झिझ्याट र चित्चित्याहट नबुझ्ने अहिले नेपाल सरहद भित्रै छैनन् ।
तर दुनियाका बडेबडे प्रजातन्त्रले समेत नअपनाएका विषयमा जुन बहसहरु गरियका छन्, जसरी वालुवाटार र सिंहदरवारले सान्त तलाउमा ढुंगा हानेर छाल नापीरहेको छ र दक्षिणी वायू धारीहरुले यसमा जसरी ज्वारभाटा थपिरहेका छन् यसले भने देशलाई मायाँ गर्ने हरुलाई सोंच्न बाध्य पारेको छ। जुन देसमा अंगिकृत नागरिकले देसको सर्वाेच्च कार्यकारी र यस्तै संवैधानिकपदमा जान आफ्नै सर्वाेच्च परिवारका अंगिकृत सदस्यहरुलाई वन्देज लगायो आज त्यसैको इसारामा यहाँ अंगिकृतहरुलाई बेरोकटोक बाटो खुलाउने प्रयास भैरहेका छन् । ‘अनि रोटि र बेटीको’ नाउँमा ब्ल्याक्मेलिंग गरेर आमा र श्रीमतीहरुलाई अविस्वास गरेको हावा फैलाइएका छन् । रोटि र बेटी नेपालले भारतबाट मात्रै ल्याएको जस्तै गरेर प्रचार गरिएको छ । भारतीय सरहदबाट नेपालि सरहदमा बिहे गरेर आउने कुनै आमा वा श्रीमतीले नागरिता नपाएर गैर नागरिक भएको कतै सुनिदैन तर नेपालि सरहद्बाट भारतीय सरहदमा बिहे गरेर गएका हाम्रा चेलीले कम्तिमा ७ वर्ष परिक्षणकाल पार गर्नैपर्छ। आमाहरुको खुब चासो लिनेहरुले छोरिहरुको पिडा कतै बोलेको सुनिदैन।
उनीहरुका कुरा सुन्दा लाग्छ रोटि र बेटीको सम्बन्ध सायद नेपाल र भारत बाहेक अन्त कतै छैन यसकारण यहाँ सब जायज मानुपर्छ । यसो भनिरहदा भारत – पाकिस्तानका नागरिकको रोटि बेटी सम्बन्ध सबैले बिर्सिन्छन् । दुइ शत्रु देसका सानिया मिर्जा र सोयब मल्लिकको विहेवारिलाई के भन्दा हुन यहाँ रोटी बेटीको दुहाइ दिनेहरुले ? अनि सोध्न मन लाग्छ विश्वव्यापिकरणको यो दुनियामा खालि विहेवारी पूर्णिया र गौरमा मात्रै हुन्छ कि दुनियाँका सबै नागरिक विहेका लागि स्वतन्त्र छन् ? अनि हिरो नम्बर वानको गीतले भनेझैं बाहिर चिसिएर भित्र तातेको सिंहदरवार वासिहरुलाई सोध्न मन लाग्छ , के नेपालका आमा सबै बाँझिएको ठानेको हो र तपाइहरुले ? त्यहि भएर परदेशले प्रशिक्षित गरेकाहरुलाई देशको सर्वाेच्च पदमा आसीन गराउनु परेको हो ?
वि.सं.२०७३ मंसिर ९ बिहीवार ०८:४३ मा प्रकाशित