
१५ भदौ, काठमाण्डौं । अष्ट ज अभियान नेपालका अध्यक्ष लोककृष्ण भट्टराईले किसान सडकमा उत्रिए मात्र देश समृद्ध बनाउन सकिने बताएका छन् ।
शनिबार काठमाण्डौंमा आयोजित ‘काठमाण्डौं महानगरपालिका अष्ट ज अभियन्ताहरुको भेला’ कार्यक्रममा अध्यक्ष भट्टराईले युवालाई अनुदान दिएर देशमै उत्पादनमा लगाएर सर्पले टोक्ने तथा घामले पिल्सीने देशमा नपठाउन भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
उनले १६ देखि ४५ वर्षका मान्छे अमेरिका, युरोप तथा खाडी देशमा पसिरहेको अवस्थामा गाउँमा ४५ देखि माथिका उमेरका मान्छेहरु विभिन्न रोगले सताइएका, अशक्त तथा वृद्ध रहेकोले देश मान्छे नभएको भूमि ‘नो म्यान्स ल्याण्ड’ बन्ने होकी भन्ने चिन्ता रहेको बताए । उनले देशका ७५३ वटै गाउँपालिकाका अधिकांश उर्वरभूमि बाँझो पल्टिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
अध्यक्ष भट्टराईले यतिबेला किसान आन्दोलनको आवस्यकता रहेको बताउँदै भने, ‘किसान सडकमा उत्रियो भने, देश समृद्ध बन्छ ।’

उनले विश्वको पहिलो सभ्यता भएको देश, हिमालको देश, बुद्धको देश, सीताको देश भएर पनि उत्पादनमा ध्यान नदिँदा राम्रो देश मानिस गरिब भएर बाँच्नु परेको अवस्था रहेको बताए ।
अध्यक्ष भट्टराईले स्वस्थ्य बन्नका लागि हरियाली आवस्यक रहेको तथा उपत्यकाबासीले प्रत्येक घरमा कौशीखेती गरेर आफूलाई खानका लागि स्वस्थ्य तथा अग्र्यानिक उत्पादनमा जोड दिनुपर्ने बताएका थिए । ‘प्रतेक घरमा, टोलमा कौशी खेती अभियान सुरु गराउने अभियानमा हामी लाग्दैछौं,’ यसका लागि स्थानीयस्तरमा सचेतना जगाउनका लागि मेयर÷उपमेयर÷ गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्षलाई किसानले नै प्रशिक्षण गराउनुपर्छ ।’

सोहि अवसरमा अष्ट ज कृषि सहकारीका निर्देशक हिमान्चल राज भट्टराईले सहकारीले सुरु गरेको ‘उ देखी उ सम्म’ (उत्पादक देखि उपभोक्तासम्म) का बारेमा बताउँदै अभियानले स्वस्थ्यकर ब्रान्ड स्थापना गर्ने उद्धेश्यले ‘स्वाद आफै बोल्छ’ भन्ने अभियानमा लागेको बताएका थिए । पूर्वसांसद समेत रहेका भट्टराईले नेपालीले स्वादको क्षमता गुमाउँदै गएको समेत बताएका थिए ।
उनले उपत्यका भित्र संगठन र कृषि बजार निर्माणमा लागेको बताउँदै सरकार सहभागी नभएसम्म किसानको उत्थान नहुने बताए ।

त्यस्तै अष्ट ज अभियन्ता तथा गाईपालक किसान चन्द्रा केसी वास्तोलाले आफूहरुले ४० वटा गाई पालेर घर–घरमा स्वस्थ्यकर दूध खुवाएको बताउँदै गरेमा जे पनि सम्भव रहेको बताइन् । उनले सरकारले किसानका उद्योग धन्दामाथि लगाउँदै आएको कर मिनाहा गरेर उत्पादनमा किसानलाई उत्साहित बनाउनु पर्नेमा जोड दिइन् ।

त्यस्तै किसान सुरेन्द्र कुमार जिसीले सकारले किसानको उत्पादनमा मूल्य निर्धारण गरिदिनु अहिलेको मुख्य आवस्यकता रहेको बताउँदै लक्षित वर्गमा सरकारको अनुदान अझै पुग्न नसकेकोमा दुःख व्यक्त गरे । उनले सरकार आफै व्यवसायी बनेर किसानलाई उत्पादन गर्न लगाएर त्यसको उचित मूल्य दिएर कृषिमा भएको व्यापार घाटा घटाउनमा ध्यान दिनुपर्ने बताए । ‘विचौलीया भन्दा बरु राज्यले नै फाइदा लेओस् ।’ उनले भने ।

त्यस्तै सुनापति एग्रीकल्चर पोल्ट्रीफर्मका बाबुलाल योन्जनले अष्ट ज अभियानलाई बृहद बनाएर सबै किसानबीच पुग्ने बनाउनुपर्ने बताएका थिए । उनले यसकार लागि अभियानले मिशन र भिजन क्लियर बनाएर अगाडि बढ्नुपर्ने बताए ।

यसैगरी च्याउखेती विशेषज्ञ जीवन डंगोलले राज्य शाषक होइन, व्यवस्थापक हुनुपर्ने बताउँदै राज्य व्यवस्थापक नभएका कारण देश समृद्ध बन्न नसकेको बताएका थिए । उनले विदेशका विज्ञ भन्दा पनि आफ्नै देशका विज्ञलाई प्रयोग गरेर नेपाली माटो र हावापानी सुहाउँदो उत्पादनमा जोड दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा अष्ट ज अभियन्ता माधव गजुरेलले अभियान र सहकारीमार्फत् देशमा रहेको बेतिथिहरुलाई चिर्नुपर्ने बताउँदै ‘हामी गरिव छौं’ भन्ने मानसिकता सबै नेपालीले त्याग्नुपर्ने बताए । उनले भोलीको नेपाल कस्तो बनाउने र सन्ततीलाई कस्तो नेपाल छोड्ने भन्ने किसानमा निर्भर रहने बताउँदै किसानले स्वस्थ्य उत्पादन गरेमात्र त्यो सम्भव रहेको समेत बताए ।

त्यसै गरेर किसान शेर बहादुर गुरुङले कुन क्षेत्रमा के उत्पादन हुन्छ भन्ने सरकारले निर्धारण गरिदिनु पर्ने बताएका थिए । उनले सरकारको सुपरजोन कार्यक्रम राजनीतिक दलका कार्यकर्ता पाल्ने काम मात्र भएको बताउँदै अष्ट जले किसानसँग सहकार्य गरेर अगिाडि बढेमा मात्र अभियान सफल हुने सुझाव दिएका थिए ।

त्यस्तै धादिङका किसान सन्तोष गुरुङले देशमा कृषि क्रान्तिको आवस्यकता रहेको भन्दै यसका लागि युवाहरुनै जुट्नुपर्ने बताए । युवाहरु नै कृषि व्यवसायमा लागे मात्र देशको समृद्धि हुने बताए ।

कार्यक्रममा कृषि अभियन्ता रश्मी राणाले स्वस्थ्य देश बनाउन स्वस्थ्य उत्पादनमा जोडदिनुपर्ने बताउँदै पढेलेखेका अनि स्वस्थ्य युवाहरु स्वास्थ्य जाँच गरेर विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले उत्पादनमा युवालाई सहभागी बनाउनपर्नेमा जोड दिएकी थिइन् ।

त्यस्तै सहकारी विशेषज्ञ पुष्पराज शाहीले बजारमुखी उत्पादन आवस्यकता रहेकोले बजार तथा उपभोक्ताको चाहना अनुसार उत्पादन हुनुपर्ने बताउँदै सरकारले किसानका लागि दिएको सुहलियत र सुविधाका बारेमा उनीहरुले जानकारी समेत पाउन नसकेको अवस्था रहेको बताएका थिए ।

त्यस्तै अष्टज अभियन्ता छविन्द्रराज कँडेलले चक्रिय प्रणालीबाट उत्पादनमा लाग्नुपर्ने बताउँदै माटो परीक्षण गरेर मात्र उत्पादनमा लाग्नुपर्नेमा जोडदिए । उनले उत्पादन भएका दूग्ध जन्यवस्तुहरुको विभिन्न प्रकारका प्रोडक्टहरु बनाएर बेच्न सकिने हुनाले त्यसका लागि सरकारले विशेष योजना बनाएर किसानका बीच पुग्नुपर्ने बताए ।

त्यस्तै किसान कल सेन्टरका गोविन्द अधिकारीले अभियानले लाइभस्टकको क्षेत्रमा ध्यान नदिएमा कृषि क्षेत्रको समृद्धि नहुने बताए । उनले देशका ७५३ वटै स्थानीय निकायमा पुगेर त्यहाँका किसानको अवस्था र उनीहरुका उत्पादनबारे विवरण राख्नुपर्ने बताएका थिए । उनले अधिकांश किसानहरुलाई आफ्नो माटोमा के उत्पादन हुन्छ र कसरी उत्पादन गर्ने भन्ने बेशिक ज्ञान समेत नभएको अवस्था रहेको बताए ।
सरकारले कृषि क्षेत्रका विज्ञ प्रयोग गर्न सरकारले नसकेको बताउँदै भने ‘२५–३० वर्ष यस क्षेत्रमा विताएका विज्ञलाई राज्यले सदुपयोग गर्न नसक्नु देशकै लागि विडम्वना हो ।’

अष्ट ज अभियन्ता प्रकाश नेपालको संचालन, अष्ट ज अभियान काठमाण्डौं महानगरपालिकाका संयोजक सुर्वण तामाङको सभापतित्व तथा सचिव कृष्णराम मगराती मगरको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा रामलाल श्रेष्ठ, चन्दा थापा, राम प्रसाद गौतम, नन्द प्रसाद श्रेष्ठ, राजेन्द्र गजुरेल, गगनराज गजुरेल, श्रीराम श्रेष्ठ, नरमाया श्रेष्ठ (लामा), तिलक बहादुर तामाङ, पिएम संजेल, राजेन्द्र मानन्धर, सागर चन्द्र श्रेष्ठ, इन्दिरा कोईराला, शुभला राई, पाल्देन लामा, सुरेन्द्र दोङ, सुरेन्द्र कुमार घिसीङ लगायतको उपस्थिति रहेको थियो ।

अष्ट ज काठमाण्डौं महानगरपालिका तर्दथ समिति गठन
यसैबीच महानगरपालिकाका संयोजक सुर्वण तामाङको अध्यक्षतामा अष्ट ज अभियान काठमाण्डौं महानगरपालिका तर्दथ समिति गठन गरिएको छ ।
जसको सचिवमा सन्तोष गुरुङ तथा सदस्यहरुमा रश्मी राणा, सागरचन्द्र श्रेष्ठ, शुभला राई, बाबुलाल योन्जन, सुरेन्द्र कुमार घिसीङ, रामप्रसाद गौतम, ईन्दिरा कोइराला, सञ्जय मगर र उदय लामा रहेका छन् ।
तर्दथ कमिटिले छिट्टै नै काठमाण्डौं महानगरपालिमा रहेका किसानको भेला गरेर पूर्ण कमिटि बनाउने अध्यक्ष सुवर्ण तामाङले संसारन्युजलाई जानकारी दिए ।

वि.सं.२०७६ भदौ १५ आइतवार ११:५० मा प्रकाशित