back

पहिरोमा परी एकको मृत्यु

वि.सं.२०७६ भदौ १५ आइतवार

267 

shares
RBB AD
NTC AD


१५ भाद्र, भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङमा आएको पहिरोमा परी एक जनाको मृत्यु छ ।
शनिबार साँझ अलैँची गोडेर घर फर्कंने क्रममा बाटोमा झरेको पहिरोले किच्दा स्थानीय ५९ वर्षीय मानबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले किच्दा उनको हात, खुट्टा र टाउकामा चोट लागेको र सो दुर्गम स्थलमा दोभानेबाट स्वास्थ्यकर्मी पुग्न नपाउँदै राति नै मृत्यु भएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए । उनले भने, “शनिबार साँझ पहिरो परेर उहाँ घाइते हुनुभएको थियो, त्यो ठाउँ विकट रहेकाले दोभाने भन्ने स्थानबाट स्वास्थ्यमर्की पठाउने तयारी गर्दागर्दै मृत्यु भएको भन्ने जानकारी आएको थियो ।”

सोही पहिरोमा परी भाग्ने क्रममा अर्जुन कार्की, धर्मराज विष्ट र प्रसाद राई सामान्य घाइते भएका थिए । मृतक विष्टको शवपरीक्षणका लागि सङ्खुवासभाको खाँदबारी लगिने प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ भदौ १५ आइतवार १२:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

झापा । हुलाकी राजमार्ग अन्तरगतको झापा र मोरङलाई जोड्ने रतुवा...

कुन बेला खोलाले बगाएर मरिएला भन्ने त्रासमै बस्छन् होक्लाबारीका स्थानीय

कुन बेला खोलाले बगाएर मरिएला भन्ने त्रासमै बस्छन् होक्लाबारीका स्थानीय

झापा । आकाशमा कालो बादल मडारिनेबित्तिकै गौरीगञ्ज गाउँपालिका–१ होक्लाबारीकी ओस्नी...

बाढीपहिरोले पक्की पुल बगाएपछि स्थानीयलाई आवगमन ठप्प

बाढीपहिरोले पक्की पुल बगाएपछि स्थानीयलाई आवगमन ठप्प

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की...

पालिकाद्वारा स्नातक तहमा अध्ययनरत दलित विद्यार्थीलाई छात्रवृत्ति

पालिकाद्वारा स्नातक तहमा अध्ययनरत दलित विद्यार्थीलाई छात्रवृत्ति

दमक(झापा) । झापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित...

बाढीपहिरोबाट ताप्लेजुङमा ८१ परिवार विस्थापित

बाढीपहिरोबाट ताप्लेजुङमा ८१ परिवार विस्थापित

ताप्लेजुङ । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१...

फाकफोकथुममा सिँचाइ आयोजना निर्माण, सिँचाइ सुविधा भएपछि उत्पादन बढ्ने विश्वास

फाकफोकथुममा सिँचाइ आयोजना निर्माण, सिँचाइ सुविधा भएपछि उत्पादन बढ्ने विश्वास

फिक्कल (इलाम) । इलामको फाकफोकथुम गाउँपालिकामा रु चार करोड १९...