back

कोलोराडोको लङमन्टमा पनि मनाए सामुहिक दरखाने कार्यक्रम

वि.सं.२०७६ भदौ १५ आइतवार

39 

shares

१ सेक्टेम्बर, अमेरीका । हिन्दु महिलाहरुको महान चाड तिजको पुर्व सन्ध्यामा कोलोराडो निवासी महिलाहरु एकै ठाउमा भेला भई नाचगान गर्दै सामुहिक दर खाएका छन् ।

प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई माईतीको झल्को मेटाउन तथा प्रवासमा जन्मे हुर्केका बाल बालिका र स्थानियहरुलाई नेपाली भाषा संस्कृतीको पहिचाहन गराउन कोलोराडोको लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टले दरखाने कार्यक्रम आयोजनागरेको हो ।

कार्यक्रममा बोल्डर, लङमन्ट, ब्रुमफिल्ड ईरी , लाफियत, स्टेटपार्क लगायतका शहरहरुबाट महिला दिदी बहिनिहरु नेपाली पहिरन रातो साडी ,चोलो , चुरा,धागो र बिभिन्न परंपरागत गहनामा सजिएर उपस्थित भएका थिए ।

कार्यक्रममा स्थानीय अमेरिकी महिलाहरु पनि सातोसाडी, चोलो ,चुरा छागो, पोते लगाएर खुसीसाथ सहभागीभएका थिए ।सांझ ६ बजे देखी राती १० बजे सम्म संचालन भएको कार्यक्रममा बाल बालिका देखि बृद्ध बृद्धा सबै उमेरका दाजुभाई दिदी बहिनिहरुको उपस्थिती रहेको थियो ।

स्वादिष्ट परिकारहरु खादै साथीहरु संग नाच्दै, गाउदै, तिजको शुभकामना साटासाट गर्दै , उनीहरुले तिजको दरखाने कार्यक्रम सम्पन्न गरेका छन् ।

वि.सं.२०७६ भदौ १५ आइतवार १२:४८ मा प्रकाशित

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

काठमाडौँ । नेपाल सरकारले रुसी सरकारलाई रुसी सेनामा कार्यरत रही...

बेलायतमा कार दुर्घटनामा परि मेजर राईको निधन

बेलायतमा कार दुर्घटनामा परि मेजर राईको निधन

काठमाडौं । बेलायतमा कार दुर्घटनामा परि एक नेपालीको दुःखद निधन...

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...