back

वामदेवले बल नगरेकै बेस

वि.सं.२०७६ भदौ १५ आइतवार

357 

shares
RBB AD
NTC AD


मंसीर १४ को तातो राजनीतिक बजारमा राम्रै बढ्न थालेको छ । कास्की -२ को संघिय संसद, बाग्लुङ, भक्तपुर र दाङका प्रदेश संसद, धरान उपमहानगरपालीका प्रमुख सहित ३४ स्थानिय तहका प्रमुख र वडा अध्यक्षका लागि १४ मंसीरमा उपचुनाव हुँदैछ ।

चुनाव आउन करीब ७४ दिन बाँकी छ तर राजनीतिक बजारमा टिकट को दौड धुप भने सुरु भइसेकेकोछ । यी सबै मध्ये कास्की को उपनिर्वाचन अहिले सबैभन्दा बढि चर्चामा छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा नेकपाका ‘हेवीवेट’ नेता वामदेव गौतम निर्वाचन लड्ने गाइँगुइँ सँगै कास्कीको चुनावी बजार गर्माएको छ ।
मन्त्री अधीकारीको गत फागुनमा हेलीकप्टर दुर्घटना मा मृत्यु भएसँगै नेता गौतमको नाम उक्त निर्वाचन क्षेत्रसँग जोडीदैँ आएको छ । र नेकपाको उपाध्यक्ष समेत रहेका गौतमले विगतमा कास्की गएर निर्वाचन लड्ने आफ्नो मनसुवा नभएको सफाइ पनि दिँदै आएका छन् ।

गौतम आम निर्वाचन ०७४ मा तत्कालीन नेकपा एमालेकै पक्षमा व्यापक जन उभार उर्लिदा पनि वर्दिया वाट निर्वाचन मा पराजीत भएका नेता हुन । त्यस यता गौतमको नाम देशका विभीन्न निर्वाचन क्षेत्र सँग जोडीदैँ आएको छ । यसले के देखाउँछ भने गौतम जुनसुकै मुल्यमा संघिय संसद छिर्न आतुर छन् ।

सङ्केत के होला ?
पक्कै बामदेव गौतम जस्ता नेता संघिय संसदका लागि आवश्यक छ । विगत लामो समयदेखी संसदिय अभ्यासमा अभ्यस्त भएका गौतम संसदमा रहदा संसदको गती छुट्टै हुनेमा दुई मतनै छैन । तर गौतम जस्ता नेता चोरबाटोवाट संसद प्रवेश गर्न खोज्नु त्यति उपयुक्त उपाय पनि होइन ।

गौतम ‘हेवीवेट’ नेता भएका कारण कास्की –२ का अन्य आकांक्षीहरूले पनि उनलाई कास्कीमा स्वागत गर्लान । तर गौतमले एकपटक कास्कीको निर्वाचन लड्ने मन बनाइरहँदा वर्दियालाई पनि सम्झनु जरुरी छ । पक्कै पनि कास्की –२ नेकपाका लागि उर्वर भूमी हो । यस क्षेत्रबाट गौतमले हार्नु पर्ने कुनै कारणनै छैन । तर बर्दियामा पनि गौतमले निर्वाचन हार्नु पर्ने कुनै कारण नै थिएन ।

गौतमको निर्वाचन क्षेत्रका बाराबर्दिया नगरपालीका, बढैया ताल गाउँपालीका र गुलरीया नगरपालीका तिनै स्थानिय तह नेकपाका प्रभावकारी स्थानिय तह हुन । बाराबर्दिया र बदैयातालमा नेकपाले असाध्यै ठूलो मतान्तर सहित स्थानिय निर्वाचन जीतेको थियो । गुलरीयामा पनि नेकपा शसक्त छ । तर निर्वाचन परिणाम गौतमको पक्षमा भएन ।

दोहोरीएला बर्दिया ?
आसन्न उप निर्वाचन वर्तमान सरकारको लोकप्रियता जाँच्ने जनमतसंग्रह नै हो । अझ तिनवटै प्रदेश, संघिय संसद र धरान उपमहानगर पालीका मा नेकपाकै उमेदवार वीजयी भएका थिए । यसकारण पनि आसन्न निर्वाचनमा नेकपाका उमेदवारले निर्वाचन जितेर मात्रै हुँदैन । ठुलो मतान्तर सहित निर्वाचन जीत्नु जरुरी छ । यसका लागि ‘हेवीवेट’ नेता निर्वाचन लड्नु राम्रो मान्न सकिएला । तर विगतमा आफ्नो गृह जील्लाबाट पटक–पटक पराजीत भएर नयाँ–नयाँ ठाउँ चाहार्नु कम्तीमा ठूला नेताहरूका लागि सोभनिय हुँदैन । यो असोभनिय काम वामदेव गौतम जत्तिको चौडा छाती र दुर दृष्टि भएका नेताबाट पक्कै हुँदैन । बरु गौतमले विगतमा वर्दियाबाट किन निर्वाचन हारीयो भनेर समीक्षा गर्नु उपयुक्त हुन्छ । वर्दियाको गौतम लड्ने निर्वाचन क्षेत्र लाल किल्ला हो । यहाँबाट गौतमले निर्वाचन हार्नु नेकपाका लागि आठौँ आश्चर्य हो । तर यो आँठौँ आश्चर्य बर्दियामा प्रष्टै देखियो । किन यस्तो भए होला ? गौतमले एक पटक धरातलिय विश्लेषण गरेर अर्को आम निर्वाचनको तयारी गर्नु उपयुक्त हुन्छ ।

अहिले गौतमलाई ५ वर्षका लागि जनताले संसद मा होइन पार्टीको संगठनमा देख्न चाहान्छन् । यहि जनमत हो । जनमतलाई सवैभन्दा वढि सम्मान गर्ने गौतम जस्ता नेताले त्यहि जनमतको अवमूल्याङ्कन अवस्य गर्ने छैनन् । यसकारण पार्टीलाई ३८ वटै स्थानमा विजयी गराउन गौतम आजैवाट लाग्दा स्वंय गौतम र पार्टी दुवैका लागि हितकारी हुनेछ । यदि यस्तो नभएर कास्कीमा बर्दिया दोहोरीयो भने गौतम र पार्टी दुवैका लागि लामो समय सम्म निको नहुने घाउ लाग्ने पक्का छ ।

वि.सं.२०७६ भदौ १५ आइतवार १४:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले...

सामाजिक संजालमार्फत् विदेश पठाइदिन्छु भनेर करोड बढी ठगी गर्ने छ जना पक्राउ

सामाजिक संजालमार्फत् विदेश पठाइदिन्छु भनेर करोड बढी ठगी गर्ने छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने...

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका...

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके...

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई...

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

काठमाडौँ । यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा...