back

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

वि.सं.२०७६ भदौ १५ आइतवार

321 

shares
RBB AD
NTC AD

काठमाडौं, १५ भदौ । रुकुम, रामेछाप, चितवन र पर्वतमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

रुकुम (पश्चिम), आठवीसकोट नगरपालिका -६ स्थित मनकाबगरमा भे.१ त ७८९३ नम्बरको ट्याक्टर शनिबार बिहान करिब १ सय मिटर तल भेरी नदीमा खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका ५ काटिनाका धवहादुर बिश्वकर्मा र हाल नाम, थर, वतन नखुलेको व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका चालक सहित ३ जनालाई उद्धार गरी उपचारको लागि नगर अस्पताल आठबिसकोट पठाइएकोमा चालकलाई थप उपचारको लागि नेपालगंजतर्फ रिफर गरिएको छ ।

यसैगरी रामेछाप, गोकुलगंगा गाउँपालिका-१ सुर्केस्थित सडकमा बा.५ ख ६३१० नम्बरको ट्रक शनिबार साँझ करिब १ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा ट्रकका धनी रामेछाप उमाकुण्ड गाउँपालिका२ बाम्तीका विश्व बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।

त्यसैगरी चितवन, भरतपुर महानगरपालिका- २३ कुमारी चोकस्थित सडकमा ना.२२ प ४०३ नम्बरको मोटरसाइकलले शनिबार बेलुका ठक्कर दिंदा गम्भीर घाइते भएकी सोही ठाउँका पैदलयात्री हरिकला बिकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी पर्वतमा , ध.१ प ३६६६ नम्बरको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएकी फलेवास नगरपालिका ५ खानीगाउँका बिष्णुदेवी दर्जीको जिल्ला अस्पताल पर्बतमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

वि.सं.२०७६ भदौ १५ आइतवार १४:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

काठमाडौं । सरकारले भारतसहितका ८ देशका लागि राजदूत सिफारिस गरेको...

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानुनी व्यवस्था गर्न समितिको निर्देशन

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानुनी व्यवस्था गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले...

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय...

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

झापा । हुलाकी राजमार्ग अन्तरगतको झापा र मोरङलाई जोड्ने रतुवा...