back

१२ जनामा डेङ्गु, भक्तपुर जिल्ला उच्च जोखिममा

वि.सं.२०७६ भदौ १५ आइतवार

276 

shares
RBB AD
NTC AD


१५ भाद्र, भक्तपुर । देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिए।

भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेको हो । अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविभूषण सुवालले जानकारी दिए।

यहाँ डेङ्गुको सङ्क्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा जचाउन पठाउनु परेको उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत न्यौपानेका अनुसार गत वर्ष तीन जनामा मात्रै डेङ्गु देखिएको र यस वर्ष डेङ्गु सङ्क्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यममार्फत गाउँगाउँमा यसबारे जनचेतना फैलाउने अभियान शुरु गरिएको छ ।

कार्यालयले डेङ्गु सङ्क्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न, फोहर नगर्न र इन्सेक्टिसाइड छरेर डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ । (रासस)

वि.सं.२०७६ भदौ १५ आइतवार १४:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका...

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक...

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय...

आगलागीबाट डेल्टा कम्प्लेक्सको ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

आगलागीबाट डेल्टा कम्प्लेक्सको ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

लुम्बिनी । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार...

वाग्द्वारमा नित्य पूजा गर्दै आएका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति

वाग्द्वारमा नित्य पूजा गर्दै आएका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति

काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीको मुहानस्थल वाग्द्वार...

आयुर्वेद चिकित्सालयद्वारा सेवा विस्तार

आयुर्वेद चिकित्सालयद्वारा सेवा विस्तार

चितवन । बागमती प्रदेश सरकारअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरले...