back
CTIZAN AD

होन्डुरसमा पत्रकारको हत्या

वि.सं.२०७६ भदौ १५ आइतवार

696 

shares

१५ भाद्र, अमेरिका । मध्यअमेरिकी मुलुक होन्डुरसमा शनिबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । मानव अधिकार समूहहरुका अनुसार सन् २००१ यतामात्र यो सहित होन्डुरसमा ७९ जना पत्रकारको हत्या भएको छ ।

होन्डुरसको मानव अधिकार आयोगले एचसीएच टिभीमा कार्यरत एडगार जोल अगुलारलाई कोपान शहरमा अज्ञात समूहले गोली हानी हत्या गरिएको जनाएको छ ।

स्थानीय संचार माध्यमका अनुसार अगुलारलाई अज्ञात व्यक्तिहरुले हत्या गर्ने पटकपटक धम्की दिएका थिए ।

आयोगको विज्ञप्तिमा होन्डुरसमा पत्रकारमाथिको अपराधका ९१ प्रतिशतभन्दा बढी घटनामा कारबाही नहुने गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

होन्डुरस र मेक्सिको दुबै मुलुक पत्रकारहरुका लागि सर्वाधिक खतरनाक र असुरक्षित मानिन्छन् ।

वि.सं.२०७६ भदौ १५ आइतवार १५:१२ मा प्रकाशित

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक ।   थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको...

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

नयाँदिल्ली ।  भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने...

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

क्यानबेरा ।   अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै...

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

वासिङ्टन ।   संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार कीर्तिमानी अत्यधिक...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...