back

‘ मिस तिज सारी क्विन–२०१९ ’को बिजेता बनिन् संगीता

वि.सं.२०७६ भदौ १५ आइतवार

216 

shares
RBB AD
NTC AD

१५ भदौ, ईटहरी । ईटहरी र फोटो कन्टेस्टलाई खासै गहन रुपमा हेरिदैन तर यस्लाई पनि क्वालिटिमा गर्न सकिन्छ भन्ने उद्देश्य सहित हिन्दु नारिहरुको महान पर्वको रुपमा रहेको तिजलाई छेको पारेर ‘मिस तिज सारी क्विन २०१९ फोटो कन्टेस्ट’ ईटहरीमा सम्पन्न भएको छ ।

सनिवार भएको बिजेता घोषणा तथा साङितिक कार्यक्रमबाट उक्त फोटो कन्टेस्टको बिजेता संगीता उप्रेती लम्साल हुन सफल भएकी छिन् । यस्तै फर्स्ट रनरअप सिर्जना पोख्रेल र सेकेन्ड रनरअप सर्मिला दाहाल भएकी छिन् ।

बिजेता र उपबिजेताहरुले क्रमश नगद ५ हजार, ४ हजार र ३ हजार प्राप्त गरेका छन भने कुमारी बैंकको तर्फबाट १०र१० हजार बराबरको सारी र ईलाईट सिनेमा ईटहरीको तर्फबाट फिल्म टिकट सहित अवार्ड प्राप्त गरेका छन् । परिकला मिडिया प्राली द्वारा संचालित डिथ्री अनलाइनले आयोजना गरेको उक्त फरक कन्सेप्टको फोटो कन्टेस्टमा अडिसनबाट छनौट हुँदै ८ जना प्रतिष्पर्धी प्रतिष्पर्धामा रहेका थिए ।

प्रतियोगिताबाट बेस्ट फोटोजेनिक अवार्ड भावना श्रेष्ठले प्राप्त गरिन् भने अर्गनाईज च्वाईस अवार्ड रश्मि रानाले प्राप्त गरिन् । सहभागी सम्पूर्णलाई अष्ट्रेलियन एजुकेसन कन्सल्टेन्सीले पढाईको लागि अष्ट्रेलिया जादा १ लाख सम्मको छुट संगै फुल स्कलरसिपको सुबिधा दिएको छ ।

आयोजकले फोटोसुट र बायोग्राफी भिडियो बनाएर फेसबुक पेज र युट्युबमा सार्बजनिक गरेको थियो । सोही पोस्टको लाईक शेयर र भिडियो भ्युजको आधारमा पहिलो, दोश्रो र तेश्रो छनौट गरिएको डिथ्रीका संचालक सुवास संकल्पले बताए ।

वि.सं.२०७६ भदौ १५ आइतवार १४:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजदेखि ‘आचार्य’ र ‘दान्भी’ प्रदर्शनमा

आजदेखि ‘आचार्य’ र ‘दान्भी’ प्रदर्शनमा

काठमाडौँ । आजदेखि दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ को...

बाल्टिमोरमा रहेका गायक प्रधानको ‘ रेलै घुम्ने स्टिम इञ्जिन’ सार्वजनिक

बाल्टिमोरमा रहेका गायक प्रधानको ‘ रेलै घुम्ने स्टिम इञ्जिन’ सार्वजनिक

अमेरिका । लामो समयदेखि अमेरिकाको बाल्टिमोरमा बस्दै आएका गायक सञ्जिप...

चर्चित गायिका अलका याग्निक एक्कासी कान नसुन्ने भएपछि…

चर्चित गायिका अलका याग्निक एक्कासी कान नसुन्ने भएपछि…

काठमाडौं । भारतकी चर्चित गायिका अल्का याग्निक एक्कासी कान नसुन्ने...

सरोज के लामाले ल्याए ‘साझँ पर्नु अघि’

सरोज के लामाले ल्याए ‘साझँ पर्नु अघि’

काठमाण्डौं । १४ बर्ष अगाडि लाखौ कोसिश गर्दा पनि तिमीलाई...

यो वर्षको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’

यो वर्षको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’

काठमाडौँ । यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो...

गीतकार बस्नेतको बहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक (भिडियोसहित)

गीतकार बस्नेतको बहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने...