back

एनआरएनए सहकोषाध्यक्षमा गोविन्द प्रसाद गौतमद्धारा उम्मेदवारी घोषणा

वि.सं.२०७६ भदौ १५ आइतवार

45 

shares

१५ भदौ, काठमाण्डौं । गैरआवासीय नेपाली संघको केन्द्रीय सहकोषाध्यक्षमा रसियाबाट गोविन्द्र प्रसाद गौतमले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघ युरोपका सहसंयोजक समेत रहेका गौतमले अन्तराष्ट्रिय भाषा–साहित्य सम्मेलनमा भाग लिन अमेरिका पुगेका बेला केन्द्रीय सहकोषाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

गैरआवासीय नेपाली संघ भाषा साहित्य उपसमितिका संयोजक समेत रहेका गौतमले गैरआवासीय नेपाली संघ म्यासाचुटेस शाखा (बोस्टन) ले शनिबार नमस्ते रेस्टुरेन्टमा आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रमका बीच आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

गैरआवासीयहरुको आफ्नै संस्था र यो संस्थामा निरन्तर समर्पित भएर लागि परे जस्ता सुकै चुनौतीको सामना गरि अगाडि बढ्न सकिन्छ भन्ने बिश्वास राखेको बताएका गौतमले आगामी कार्य योजनाहरु छिट्टै सार्वजनिक गर्ने बताउँदै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

‘सदा झै यहाहरुको सहयोग, समर्थन र सुझावको अपेक्षा राख्दै गैरआवासीय नेपाली संघ भन्ने संस्था आम गैरआवासीयहरुको आफ्नै संस्था र यो संस्थामा निरन्तर समर्पित ।’ गौतमले भनेका छन् ।

वि.सं.२०७६ भदौ १५ आइतवार १४:५० मा प्रकाशित

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

काठमाडौं । अमेरिकाको नर्थक्यारोलिना राज्यमा नेपालीहरुको चाड दशै र तिहारमा...

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना) को...