back

प्रथम नौमती बाजा गुल्मी युकेको पहलमा हेमालाई उपचारका लागि आर्थिक सहयोग

वि.सं.२०७६ भदौ १५ आइतवार

567 

shares
GLOBAL IME AD
NTC AD

१५ भदौ, काठमाण्डौं । प्रथम नौमती बाजा गुल्मी समुह युकेको पहलमा ट्युमर क्यान्सरको उपचार गराइरहेकी हेमा थापालाई १ लाख ४ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

ग्रीनसिटी अस्पताल बसुन्धारामा ब्रेन ट्युमरको अप्रेसन गरिएकी थापाको उपचारका लागि गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष तथा प्रथम नौमती बाजा गुल्मी युकेका संयोजक ओम थापा काउचाको पहलमा उक्त रकम संकलन गरिएको हो ।

उक्त रकम एनआरएनए नेदरल्याण्डका पूर्वअध्यक्ष तथा रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारका अध्यक्ष रामबाबु नेपालले आसा अपाङ्ग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीलाई हस्तान्तरण गरेका हुन् ।

ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डन, सामाजिक अभियन्ता विष्णु पन्त, ज्ञानु नेपाल, एनआरएनए नाइजेरियाका कोषाध्यक्ष दीपक रायमाझी, श्याम थापालगायतको उपस्थितिमा उक्त रकमका चेक आइतबार हस्तान्तरण गरिएको हो ।

शरीरको पछिल्लो भागमा ट्युमर बढेर पीडित भएकी गुल्मी चन्द्रकोट गाउँपालिका निवासी तथा हाल आसा अपाङ्ग केन्द्रकी प्रशिक्षक ३६ वर्षीया थापा जन्मदै शरीरको पछाडिको भागमा सानो मासु पलाएको भएपनि पछि बढेर त्यसले ठूलो रुप लिएको थियो । अहिले उक्त ट्युमर अप्रेसन गरेर फ्याकिएको छ ।

उनको अप्रेसनका लागि ग्रीनसिटी अस्पतालले अप्रेसन खर्च मिनाहा गरिदिएको थियो भने, लायन्स क्लब काठमाण्डौं -गुल्मीले ७५ हजार रुपैयाँ, मोहन रायमाझी चन्द्र निगाहपुरले पनि ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको उपाध्यक्ष गंगा रायमाझीले बताइन् ।

सोहि अवसरमा गरिब दुःखीको लागि केही गर्नुपर्छ भन्ने सोँचले अस्पतालले हेमा जस्ता धेरै दिदीबहिनी तथा दाजुभाइको निःशुल्क उपचार गरेको ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टन्डनले बताए । अस्पतालले अहिलेसम्म निशुल्क रुपमा १८ भन्दा बढीको मुटुको अप्रेशन गरेको पनि अध्यक्ष टन्डनले संसारन्युजसँग बताए ।

सोहि अवसरमा विरामी हेमाले आफ्नो उपचारका लागि आर्थिक तथा भौतिक सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गरेकी थिइन् ।

सोहि अवसरमा ज्ञानु–रामबाबु सामाजिक सेवा पुरस्कारका अध्यक्ष रामबाबु नेपालले आफ्नो संस्थाले सामाजिक सेवा गरिरहेका संस्थाहरुको स्थलगत अवलोकन गरेर वर्षमा ३ वटा सामाजिक संस्थालाई पुरस्कार वितरण गर्ने गरेको बताए । उनले उक्त पुरस्कारको राशी समग्रमा ४ लाख रहेको बताएका छन् ।

बेलायतबाट सहयोग गर्नेका नाम यसप्रकार रहेको छ
प्रथम नौमती बाजा गुल्मी युके समूहबाट ३००, नौमती समुह युकेका ओम थापा काउचा ७५, के, रि बिर थापा ५०, कुमार जमुना राना २०, ओम बुढाथोकी ५१ प्रेम गाहा मगर, (एनआरएनए युकेको उपाध्यक्षका उम्मेदवार २०१९–०२१) ५०, निर्बतमान अध्यक्ष गुल्मी जिल्ला समाज र मगर संघ युकेका उपाध्यक्ष राम गलामी २०, एनआरएनए युके नर्दल्याण्ड आइल्याण्ड राज्यका अध्यक्ष नारायण कँडेल ३०, गुल्मी जिल्ला समाजका अध्यक्ष तथा नौमती बाजा समुह युकेका टोप पल्ली १५, गुल्मी जिल्ला समाजका सक्रिय सदस्य होम कुँवर २५, गुल्मी जिल्ला समाज युकेका आजिवन सदस्य चन्द्र बहादुर थापा १५, अर्का आजीवन सदस्य पुर्ण बलाल समाजका सल्लाहकार के.रि टाम ढेंगा २५, समाजका उपाध्यक्ष राम सापकोटा २० र समाजका महासचिव बिर बलालले ३० पाउण्ड आर्थिक सहयोग गरेका हुन् ।

वि.सं.२०७६ भदौ १५ आइतवार १८:०० मा प्रकाशित

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारी कर्मचारीहरूले पेन्सन...

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने...

नेप्से परिसूचक घटेर २६९८ अंकमा झर्यो

नेप्से परिसूचक घटेर २६९८ अंकमा झर्यो

काठमाडौं । आज साताको दोस्रो दिन अर्थत सोमबार सेयर बजारको...

पोप फ्रान्सिसको निधन : भ्याटिकन

पोप फ्रान्सिसको निधन : भ्याटिकन

भ्याटिकन सिटी । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...

गाउँपालिकाका कर्मचारी मृत फेला

गाउँपालिकाका कर्मचारी मृत फेला

खोटाङ । रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका...