back

चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता-राष्ट्रपति

वि.सं.२०७६ भदौ १६ सोमवार

381 

shares
RBB AD
NTC AD

१६ भदौ, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान् पर्व हरितालिकाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपतिले आज शुभकामना सन्देश जारी गरी सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तिज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर शिव–पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहिआएको स्मरण गर्दै यस्ता पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जनकोे अवसरसमेत प्रदान गर्दै आएको बताएकी छन् ।

सन्देशमा उनले नेपाली मौलिक संस्कृति सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवन शैली अपनाउन यस्ता चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता भएको बताएकी छन् ।

वि.सं.२०७६ भदौ १६ सोमवार ०८:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

काठमाडौं । सरकारले भारतसहितका ८ देशका लागि राजदूत सिफारिस गरेको...

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानुनी व्यवस्था गर्न समितिको निर्देशन

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानुनी व्यवस्था गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले...

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय...

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

झापा । हुलाकी राजमार्ग अन्तरगतको झापा र मोरङलाई जोड्ने रतुवा...