back

कैदीहरु राखिएको केन्द्रमा हवाई आक्रमण, सय भन्दा बढीको मृत्यु

वि.सं.२०७६ भदौ १६ सोमवार

27 

shares

१६ भदौ, साना, यमन । हुथी विद्रोहीविरोधी कारबाही सञ्चालन गर्दै आएको साउदी अरब नेतृत्वको गठबनधन सेनाले कैदीहरू राखिएको एक केन्द्रमा गरेको हवाई आक्रमणमा १०० जनाभन्दा बढी ब्यक्तिको मृत्यु भएको विश्वास गरिएको अन्तर्रा्ष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) ले आइतबार जनाएको छ ।


‘हाम्रो अनुमानमा १०० जनाभन्दा बढीको हवाई आक्रमणमा परी मृत्यु भएको छ,’ यमनका लागि आइसीआरसीका प्रतिनिधिमण्डलका प्रमुख फ्रेन्ज राउचेन्स्टेनले हवाई आक्रमणस्थलको निरीक्षणपछि एएफपीलाई बताए ।

उनले भने,‘हवाई आक्रमणमा घाइते भई बाच्न सफल कम्तीमा ४० जनालाई रेडक्रसको सहयोगमा उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ ।’

यसपहिले साउदी अरब नेतृत्वको गठबन्धन सेनाले आफूले हुथी विद्रोहीको सेना र उसका ‘ड्रोन तथा मिसाइल’ लगायतका बन्दोबस्तीका सामानलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।

तर हुथी टेलिभिजन च्यानल अल–मसिराले भनेको छ, “आक्रमणमा दर्जनौँ मारिएका र केही घाइते भएका छन्” टेलिभिजनमार्फत दिइएको जानकारीमा गठबन्धन सेनालाई उद्धृत गर्दै भनिएको छ, “सात पटक गरिएको हवाई आक्रमणमा विद्रोहीले थुनुवा राख्दै आएको भवनमाथि आक्रमण गरिएको थियो ।”

आइसीआरसीले आक्रमणस्थल धमार क्षेत्रमा सयौँ स्वास्थ्यकर्मीसहितको सहयोग पढाएको उल्लेख गरेको छ । आइसीआरसी यमनी प्रतिनिधिमण्डलका प्रमुखले घटनास्थलको अवलोकन गरेको बताइएको छ ।

राउचेन्स्टेनल भने, “भवन भत्किएको छ । भवनको भग्नाबशेषभित्र जीवित व्यक्ति पाइने विश्वासका साथ उद्धारकार्य जारी छ भने मृत शरीरलाई जम्मा गरेर व्यवस्थापन गर्ने काम भइरहेको छ ।” तर घटनास्थललाई नियाल्दा त्यहाँबाट कसैलाई जीवित उद्धार गर्न सकिने सम्भावना क्षीण रहेको उनले बताए । एएफपी

वि.सं.२०७६ भदौ १६ सोमवार ०८:३५ मा प्रकाशित

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

नोम पेन्ह । विश्व बैंकले कम्बोडियाका चार प्रान्तमा पानी आपूर्ति...

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

जेरुसेलम । इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ...