back

मनिलामा भएको विमान दुर्घटनामा चालकदलका सदस्यसहित सात जनाको मृत्यु

वि.सं.२०७६ भदौ १६ सोमवार

177 

shares
RBB AD
NTC AD

१६ भदौ, मनिला । एएफपी फिलिपिन्समा एउटा सानो विमान (एअर एम्बुलेन्स) दुर्घटनामा परी कम्तीमा सात जनाको निधन भएको अधिकारीहरूले बताएका छन् ।

आइतबार फिलिपिन्सको पर्यटकीय क्षेत्रमा भएको विमान दुर्घटनाका कारण निस्केको आगोको मुस्लोका कारण सयौँ स्थानीय भागाभाग भएको भिडियो स्थानीय सञ्चारमाध्यम हुँदै सामाजिक सञ्जालमा देखाएका छन् ।

प्राप्त पछिल्लो जानकारीअनुसार फिलिपिन्सको राजधानी मनिला नजिकै रहेको कालाम्बा शहरमा भएको विमानमा आठ जना विमानभित्र रहेको भनाइ आएका छन् । यद्यपि यसबारे आधिकारिक जानकारी प्राप्त हुन नसकेको स्थानीय विपद् व्यवस्थापन अधिकारी जेफ्रेय रोड्रिगेजले एएफपीसँग बताए ।

रोड्रिगेजले भने, “विमानमा यात्रारत सबै जनाको जीवित रहने सम्भावना देखिएको छैन तर पनि विमानमा आठ जना यात्रु रहेको भन्ने अपुष्ट खबरपछि बेपत्ता उक्त व्यक्तिको अवस्थाबारे खोजी भइरहेको छ ।” उद्धारकर्मीले सात जनामध्ये दुईलाई सख्त घाइते अवस्थामा अस्पताल पठाएको जनाएका छन् भने पाँच जनाको शव घटनास्थलबाट क्षतविक्षत अवस्थामा उद्धार गरिएको प्रहरीले बताएको छ ।

पिलिपिन्सका उड्ययन अधिकारीले विमानमा दुई चालकदलका सदस्यसहित छ यात्रु रहेको र विमान मनिलाबाट करीब ५० किलोमिटर टाढा रहँदा राडारसँग सम्पर्क विच्छेद भएको उल्लेख गरिएको छ ।

वि.सं.२०७६ भदौ १६ सोमवार ०८:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
दिल्लीमा पानीको अभाव भएपछि ट्यांकरबाट पानी वितरण

दिल्लीमा पानीको अभाव भएपछि ट्यांकरबाट पानी वितरण

नयाँदिल्ली । गर्मीको समयमा सहर लगातार तातो हुँदै जाँदा शनिबार...

इटालीमा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो

इटालीमा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो

रोम । इटालीको तटरक्षकले यस हप्ताको सुरुमा दक्षिणी तटमा भएको...

फ्रान्सको सहकार्यमा चीनले गर्यो नयाँ उपग्रह प्रक्षेपण

फ्रान्सको सहकार्यमा चीनले गर्यो नयाँ उपग्रह प्रक्षेपण

झिचाङ(चिन) । चीनले फ्रान्ससँगको सहकार्यमा शनिबार नयाँ खगोलीय उपग्रह प्रक्षेपण...

युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी

युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी

मस्को । रूसले युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई...

भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु, सयभन्दा बढी अस्पताल भर्ना

भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु, सयभन्दा बढी अस्पताल भर्ना

मुम्बई । भारतमा विषाक्त अवैध रक्सीको सेवनबाट कम्तिमा ३४ जनाको...

रूस र कोरियाबीच सम्झौता, जापानको गम्भीर रूपमा चिन्ता

रूस र कोरियाबीच सम्झौता, जापानको गम्भीर रूपमा चिन्ता

टोकियो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सैन्य र...