back

नेपाली ओमन हेल्पिङ्ग ह्यान्ड्सले मनायो अमेरिकामा भव्य तिज

वि.सं.२०७६ भदौ १६ सोमवार

228 

shares
RBB AD
NTC AD

१६ भदौ, अमेरिका । नेपाली ओमन हेल्पिङ्ग ह्यान्ड्स बाल्टिमोर अमेरिकाको आयोजनामा नेपाली महिलाहरुको महान पर्व तिज भव्यरुपमा सम्पन्न भएको छ ।

पोर्टसाइड नर्थ रेस्टुरेन्ट एंड बारमा आयोजना गरिएको उक्त तिज कार्यक्रम भव्यरुपमा सम्पन्न भएको समाजसेवी तथा नेपाली ओमन हेल्पिङ्ग ह्यान्ड्सकी सवि थापाले बताएकी छन् ।
थापाका अनुसार खानपिन, नाचगान र भेटघाटको अलावा यसपालीको तिज कार्यक्रममा एउटा भिन्न कार्यक्रम समेत गरिएको छ । जसमा नेपालबाट आफ्ना परिवारजनहरु भेट्न आएका नेपाली जेष्ठ नागरिकहरुलाई खादा पहिराएर सम्मानसहित निःशुल्करुपमा तिज भोजको व्यवस्था समेत गरिएको थियो ।

त्यस्तै कार्यक्रममा उपस्थित नेपाली चेली कलाकार, सिर्जना बिरही थापा, कल्पना देवकोटा पौडेल र शान्ती भण्डारीलाइ पनि खादासहित सम्मान गरिएको थियो ।

उक्त कार्यक्रमलाइ संचार माध्यममा प्रशारण गरिदिएर सहयोग गरिदिने डिसी नेपालका खेम भट्टचन र फोटोग्राफर रभ सिटौला तथा आर्थिक रुपमा सहयोग गर्ने सम्पूर्णलाई पनि थापाले धन्यवाद दिएकी छन् ।

उक्त तिज कार्यक्रमका लागि आर्थिक सहयोग गर्नेहरुमा किरिस घिमिरे २००, अम्मर छन्त्याल २००, दिनेश आचार्य २००, इन्द्र थापा छेत्री २००, तेजिन्द्र छन्त्याल १००, प्रेम सिके १००, रविलाल सुनार १००, प्रेम श्रेष्ठ २००, सिर्जना बिरही थापा १००, कृष्ण केसी १०० र मोहन थापाले १०० डलर सहयोग गरेका थिए ।

त्यसैगरी नाचगानलाई भब्यरुपमा सफल पार्न सहयोग गर्ने डिजे दिनेश गुरुङ्ग, कार्यक्रमको मंच तथा हल साजसज्जा सुन्दर तथा मनमोहक पारिदिएका (कार्यक्रमस्थल) पोर्टसाइड नर्थ रेस्टुरेन्ट एण्ड बारका संचालक मोहन थापा, पाहुना सत्कार र कार्यक्रम व्यस्थापनमा सहयोग पुर्याउने दिदि बहिनीहरु कल्पना राई, शुष्मा रिजाल, असिमित भट्टराई, रिना बुढाथोकी, यमुना शर्मा, साकार थापा, संगम थापा, ज्ञानु बानिया, ऋतुमा बानिया लगायतका अन्य दिदिबहिनीहरुप्रति पनि थापाले धन्यवाद तथा आभार व्यक्त गरेकी छन् ।

त्यस्तै थापाले बजार प्रबर्धनमा सहयोग गर्ने दिदीबहिनीहरु कल्पना कार्की, माधुरी चापागाईं, संगीता भण्डारी, कल्पना देबकोटा पौडेल, नीमा धमला लगायतका अन्य दिदीबहिनीहरुप्रति पनि आभार तथा धन्यवाद व्यक्त गरेकी छन् ।

उक्त तिज कार्यक्रममा कलाकार लक्ष्मण पौडेल र राजन ठकुरी तथा समाजसेवी डाक्टर श्याम कार्कीलगायतको पनि उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ भदौ १६ सोमवार ०९:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सोनसिक कोरियाको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

सोनसिक कोरियाको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

सोल, कोरिया । नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) ले...

केन्याको राजधानी नैरोबिमा राहदानी सम्बन्धि बिशेष क्याम्प

केन्याको राजधानी नैरोबिमा राहदानी सम्बन्धि बिशेष क्याम्प

काठमाडौं । केन्यामा रहेका नेपालीहरुका लागि राहदानी विशेष कार्यक्रमको आयोजना...

कीर्तिमानी बिनोद(बेन) को ‘मेरो गल्फ यात्रा’ सार्वजनिक

कीर्तिमानी बिनोद(बेन) को ‘मेरो गल्फ यात्रा’ सार्वजनिक

विजय थापा । अमेरिकाको ५० वटा राज्यका राजधानी ७ वटा...

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

अमेरिका । अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) को २८ औ...

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना) अमेरिकाको आयोजनामा जुममार्फत्...

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

काठमाडौँ । सङ्घीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली...