back

नेपालमा फलदै चिनिया अपराध जालो, १ महिनामै ११ पक्राउ

वि.सं.२०७६ भदौ १७ मंगलवार

177 

shares
RBB AD
NTC AD

१७ भदौ, काठमाण्डौं । बिहेका नाममा नेपाली युवतीलाई चीन तस्करीको आरोपमा चार चिनियाँलाई पक्राउ गरेको दुई दिनपछि एटिएम ह्याकिङमा संलग्न ६ चिनियाँ पक्राउ परे । २० साउनमा चार किलो सुनसहित पक्राउ परेका चिनियाँ हिरासतमै छानबिनमा छन् ।

पछिल्लो एक महिनामा फरक–फरक किसिमको अपराधमा ११ जना चिनियाँ पक्राउ परिसकेका छन् । पछिल्ला यी तीन घटनाले नेपालमा चिनियाँ नागरिकले अपराधको जालो फैलाउँदै गएको देखिन्छ ।

नेपालमा चिनियाँको आगमन बढेसँगै विभिन्न किसिमका अपराधमा पनि उनीहरूको संलग्नता बढेको छ । यो प्रहरीका लागि समेत टाउकोदुखाइ भएको छ । विभिन्न प्रकृतिका अपराधमा चिनियाँको संलग्नता बढ्न थालेपछि नियन्त्रणका लागि त्यहीअनुसार सुरक्षा रणनीति लिइएको प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले बताए । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा विभिन्न घटनामा एक सयभन्दा धेरै चिनियाँ नेपालमा पक्राउ परिसकेका छन् । धेरैजसो डलर तस्करीमा पक्राउ परेका छन् । त्यस्तै सुन, वन्यजन्तुका अंग, जडीबुटी तस्करी, ह्याकिङ तथा अवैध चिकित्सकीय अभ्यासका घटनामा उनीहरूको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

नेपाली युवतीहरूलाई बिहेको आवरणमा चीनमा लगेर यौनदासी बनाउने गिरोहका चार चिनियाँसहित १० जनालाई पक्राउ गरेर मानव बेचबिखन नियन्त्रण ब्युरोले हाल अनुसन्धान गरिरहेको छ । संगठित रूपमा नै उनीहरूले यस्तो काम गर्दै आएको ब्युरोका एसपी गोविन्द थपलियाले बताएको मंगलबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

बिजनेस भिसामा नेपाल बस्ने विदेशीहरू चिनियाँहरू पहिलो नम्बरमा छ । व्यापारको आवरणमा धेरैजसो डलरको अवैध कारोबारमा संलग्न रहेको स्रोत बताउँछ । ठमेल क्षेत्रलाई आधार बनाएर चिनियाँहरूले संगठित रूपमा नै आर्थिक अपराधको धन्दा चलाइरहेका छन्  ।

वि.सं.२०७६ भदौ १७ मंगलवार ०८:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

काठमाडौं । सरकारले भारतसहितका ८ देशका लागि राजदूत सिफारिस गरेको...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले...

गण्डकीमा अर्थमन्त्रीले माफी मागेपछि प्रदेश सभा बैठक सञ्चालन

गण्डकीमा अर्थमन्त्रीले माफी मागेपछि प्रदेश सभा बैठक सञ्चालन

पोखरा । अर्थमन्त्री डा.टङ्कराज गुरुङले संसद्बाटै माफी मागेपछि शुक्रवार गण्डकीको...

राजश्व संकलन ११ दशमलव ३० प्रतिशतले वृद्धि

राजश्व संकलन ११ दशमलव ३० प्रतिशतले वृद्धि

काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व...

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री ‘प्रचण्ड’

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका...