back

गाउँलेलाई भागाभाग गराउने साहुकार श्याम परदेशी अन्तत : हत्कडीमा

वि.सं.२०७६ भदौ १७ मंगलवार

36 

shares

१७ भदौ, सर्लाही । सर्लाही मलंगवाका दुर्नाम साहुकार श्याम परदेशीले ६ वर्षमा ऋणमा जालसाजी गरेर फसाएका ७५ गरिबविरुद्ध अदालतमा मुद्दा हालेको खुलेको छ । ०७० देखि गत जेठ मसान्तसम्म जिल्ला अदालतमा परेका यीमध्ये ७३ मुद्दा फैसला भइसकेको छ भने दुईजनाको भने फैसला हुन बाँकी छ ।

फैसला भएका ७३ मध्ये ५८ जनाको मुद्दा अन्तिम फैसला भएर तामेलीमा गइसकेको अदालतका मुख्य न्यायाधीश कृष्णराम कोइरालाले बताए । उनीहरूविरुद्ध ब्याज मात्रै चार करोड ४२ लाख ८२ हजार दाबीसहित मुद्दा परेको थियो । कतिपयले सबै घरजग्गा बेचेर ऋण तिरेका छन् । केहीको घरजग्गा लिलामी भएको छ । ऋण तिर्न नसक्ने कतिपयले जेल भुक्तान गरिसकेका छन्  ।

बाँकी १५ जनाको हकमा एक करोड ४७ लाख ९२ हजार तिर्नेगरी फैसला भएको छ । ऋण तिर्न नसक्ने हैसियतका उनीहरूको भागाभाग भएको छ । साँवा र ब्याजमा स्याज पनि जोड्दा ऋण लिएकोभन्दा तेब्बर रकम पुगेको सर्लाही जिल्ला अदालतका रजिस्ट्रार मुकुन्द आचार्यले बताए ।

श्याम परदेशीले आफू, श्रीमती मञ्जुदेवी साह, जेठी छोरी निशा साह, कान्छी छोरी इला साह र ज्वाइँ रामबाबुप्रसाद साहको नाममा सामूहिक रूपमा मुद्दा दायर गरेका थिए । परदेशीले दायर गरेको हेमनारायण साहको १० लाख र युरिनादेवीको पाँच लाख बिगोको मुद्दा मात्रै फैसला हुन बाँकी छ ।

परदेशीले ऋणीसँग एक सय २० प्रतिशतसम्म ब्याज असुलेको पीडितको गुनासो छ । कतिपय जिल्ला न्यायाधीश अहिलेसम्म परदेशीको मात्रै मुद्दा हेरेको बताउँछन् । उनले वर्षौँदेखि पैसा ब्याजमा लगाउने गरेकाले मिसिलहरू एक–एक गरी नहेर्दासम्म सबै मुद्दाबारे जानकारी हुने उनीहरू बताउँछन् ।
२९९ गरिबलाई तमसुक गराउने, ७५ लाई मुद्दा लगाउने, ६८ जनालाई अदालतबाटै मुद्दा हराएर पक्राउ पुर्जी जारी गर्ने र गाउँलेलाई भागाभाग गराउने साहुकार श्या म परदेशी अन्तत पक्रा परेका छन् । मंगलबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ भदौ १७ मंगलवार ०८:२३ मा प्रकाशित

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

काठमाडौँ । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि...

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असर कम...

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ । नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक...

घट्यो डिजेल र पेट्रोलको मूल्य

घट्यो डिजेल र पेट्रोलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको...

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन...