१७ भदौ, पोखरा । पर्यटकीय सहर पोखरामा डेंगी नियन्त्रणबाहिर पुगेको छ । हरेक दिन डेंगीका नयाँ बिरामी उपचारका लागी अस्पताल आउन थालेका छन् । बिरामीको भीड बढेर यहाँका अस्पतालहरुमा ठाउँ पाइन मुस्किल हुन थालेको छ । जिल्ला स्वास्थ्य कार्यलय कास्कीको अनुसार सोमबारसम्म ४ सय ३९ जनामा डेंगी संक्रमण देखिएको छ ।
कार्यलयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले संक्रमीतमध्ये आठजना ट्राफीक प्र्रहरी र पाँचजना स्वासथ्यकर्मी दुइ जना चिकित्सक र तीनजना नर्स रहेको बताए । मंगलबारको नागरिक दैनिकबाट ।
वि.सं.२०७६ भदौ १७ मंगलवार ०८:२६ मा प्रकाशित