back

दूध उत्पादनमा पाइने अनुदान प्रभावकारी बन्दै

वि.सं.२०७६ भदौ १७ मंगलवार

228 

shares
RBB AD
NTC AD

१६ भदौ, रत्ननगर । प्रतिलिटर दूध उत्पादनमा रु तीन अनुदान उपलब्ध गराउने माडी नगरपालिको निर्णय प्रभावकारी देखिएको छ । गत आवदेखि लागू गरिएको अनुदानको व्यवस्थाले यहाँका कृषक पशुपालनतर्फ आकर्षित हुँदै गएका छन् ।

कृषकलाई पशुपालनमा प्रोत्साहन गर्न नगरपालिकाले आफ्नो आन्तरिक आयबाट हरेक वर्ष रु ६० लाख विनियोजन गर्दै आएको छ । कृषकलाई गत आवमा अनुदानबापत रु ३६ लाख ५० हजार उपलब्ध गराएको माडी पशुसेवा शाखाका प्रमुख मोहन रानाभाटले जानकारी दिनुए । कृषक पशुपालनतर्फ आकर्षित भएसँगै माडीमा दूध उत्पादनमा वृद्धि भएको छ । अहिले यहाँ दैनिक छ हजार लिटर दूध उत्पादन भइरहेको छ । यस अघि दैनिक दुई हजार लिटर दूध उत्पादन हुने गरेको थियो ।

शाखा प्रमुख रानाभाटका अनुसार खरीद गरिएको दूधको तथ्याङ्कअनुसार कृषकलाई अनुदान दिइएको हो । दूधको उत्पादन वृद्धि भएसँगै स्थानीय बजारमा माग बढेको उनको भनाइ छ । दूध उत्पादनको लागत घटाउन नगरपालिकाले घाँसमा आधारित पशुपालनलाई प्राथमिकता दिएको छ । माडी नगरपालिका र कृषि विकास बैंकको संयुक्त सहकार्यमा कृषकले साढे चार प्रतिशतमा कर्जा पाउने भएपछि उनीहरू पशुपालनतर्फ आकर्षित भएका नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए । “प्रभावकारी देखिए पछि दूध उत्पादनमा पनि अनुदानको व्यवस्था गरेका छौँ”, उनले भने ।

स्थानीय कृषक सूर्यप्रसाद भुसालले उत्पादनमा आधारित अनुदान भएकाले कृषकलाई प्रोत्साहित गरेको बताए । उनले अनुदानका कारण माडीमा घट्दै गएको दूध उत्पादन बढेको बताए । उत्पादनका आधारमा दिइने अनुदान वास्तविक कृषकसम्म पुग्नुपर्नेमा भुसालले जोड दिनुभयो । हाल नगरपालिकाले उपलब्ध गराउँदै आएको प्रतिलिटर रु तीनलाई बढाएर रु १५ पु¥याउन उनले नगरपालिकासँग माग गरे ।

नगरपालिकाले दूध उत्पादक कृषकलाई प्रोत्साहन दिन कृषि विकास बैंकसँगको सहकार्यमा साढे चार प्रतिशतका दरले रु ११ करोड सहुलियत कर्जाको व्यवस्था गरेको वन देशकै धेरै दूध उत्पादन हुने ठाउँ मध्ये पर्छ । यहाँ दैनिक तीन लाख लिटर दूध उत्पादन हुन्छछ । यहाँ ५० भन्दा बढी कृषकले व्यावसायिक रूपमा गाई र भैँसीपालन गर्दैआएका छन् । चित । (रासस)

वि.सं.२०७६ भदौ १७ मंगलवार ०९:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय...

आगलागीबाट डेल्टा कम्प्लेक्सको ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

आगलागीबाट डेल्टा कम्प्लेक्सको ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

लुम्बिनी । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार...

वाग्द्वारमा नित्य पूजा गर्दै आएका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति

वाग्द्वारमा नित्य पूजा गर्दै आएका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति

काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीको मुहानस्थल वाग्द्वार...

आयुर्वेद चिकित्सालयद्वारा सेवा विस्तार

आयुर्वेद चिकित्सालयद्वारा सेवा विस्तार

चितवन । बागमती प्रदेश सरकारअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरले...

नलिञ्चोकमा हेलिप्याड सञ्चालन

नलिञ्चोकमा हेलिप्याड सञ्चालन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने...

त्रिविको जग्गा खोजबिन समितिद्वारा कार्यारम्भ

त्रिविको जग्गा खोजबिन समितिद्वारा कार्यारम्भ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा तथा सम्पत्ति खोजबिन...