
१७ भदौ, दिल्ली । मुल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिद्धारा संचालित महिला नगर विभागको आयोजना हरितालिका तिज भव्यरुपमा सम्पन्न भएको छ ।
श्रीमती सीता शर्माको संचालन र श्रीमती निरु सारुको अध्यक्षता तथा महिला विभाग सुदूरपश्चिमोत्तर क्षेत्रकी श्रीमती सेती रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त तिज कार्यक्रममा मुलप्रवाह क्षेत्रबाट आत्मराम, नगर अध्यक्ष नन्द बहादुर लमतरीलगायतको आतिथ्यता रहेको थियो ।

श्रीमती डोलमाया बिकको स्वागत मन्तव्य तथा नगरसमिति सचिव तारा सोमरेको शुभकामना मन्तव्य सहित भव्यरुपमा तिज सम्पन्न गरिएको थियो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने दाजुभाई तथा दिदीबहीनीहरु र कार्यक्रममा उपस्थित सम्पूर्णमा नगरसमिति हिसार र महिला विभाग नगरसमितिले धन्यवाद ज्ञापन गरिएको छ ।
वि.सं.२०७६ भदौ १७ मंगलवार १०:२२ मा प्रकाशित